मेस्सीले तोडे आफ्नै कीर्तिमान

एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन ९पिएसजी० बराबरीमा रोकिएको छ । गएराति सम्पन्न खेलमा ऊ बेन्फिकासँग १–१ को बराबरीमा रोकिएको हो । एस्टाडियो डो स्पोर्ट लिस्बोआ एण्ड बेन्फिका स्टेडियममा भएको खेलमा पिएसजीले सुरुआती अग्रता लिएको थियो ।

खेलको २२ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । तर, उनको अग्रता लामो समयसम्म टिक्न सकेन । बेन्फिकाका डानिलो परेराले ४६ औं मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । यो बराबरीपछि पनि समूह ‘एच’ मा रहेको पिएसजी अंक तालिकाको शीर्ष स्थानमै छ ।

उसले तीन म्याच खेल्दा दुई खेलमा भने जित हात पारेको छ । बेन्फिका दोस्रो स्थानमा छ । उसले पनि तीनमध्ये एकमा बराबरी र दुई खेलमा जित निकालेको छ । यही समूहमा रहेको युभेन्टस तेस्रो स्थानमा छ ।

बेन्फिकाविरुद्धको खेलमा गोल गरेसँगै मेस्सीले च्याम्पियन्स लिगमा कीर्तिमान बनाएका छन् । उनले च्याम्पियन्स लिगमा ४० विभिन्न टोलीविरुद्ध गोल गर्ने कीर्तिमान बनाएका हुन् । यो संख्या अन्य खेलाडीभन्दा बढी हो । ३५ वर्षीय मेस्सीले यसअघि ३९ टिमविरुद्ध गोल गरेका थिए । अब उनले आफ्नै रेकर्ड तोडेका छन् ।

मेस्सी च्याम्पियन्स लिगको इतिहासमा १२७ गोलसहित दोस्रो सर्वाधिक गोलकर्ता हुन् । क्रिस्टियानो रोनाल्डोसँग १४० गोलका साथ शीर्ष स्थानमा छन् । त्यस्तै, यो सूचीको तेस्रो स्थानमा रोबर्ट लेवान्डोस्की (८९ गोल) र चौथो स्थानमा रियल म्याड्रिडका करिम बेन्जेमा (८६ गोल) छन् ।


प्रतिक्रिया दिनुहोस्