प्रतिनिधि र प्रदेश सभा निर्वाचन : आज उम्मेदवारीविरुद्ध उजुरी दिन सकिने

काठमाडौं । आगामी संसदीय निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभामा परेको उम्मेदवारीविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न दलबाट तथा स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिको विरोधमा उजुरी दिन सकिनेछ ।

आज उजुरी परेका उम्मेदवारहरुको उजुरीउपर छानविन तथा उम्मेदवारी फिर्तालगायत प्रक्रिया पूरा गरेपछि बुधबार उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्