सत्तागठबन्धनका विजयकुमार गच्छदारविरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

सुनसरी । सुनसरी–३ मा सत्तागठबन्धनका विजयकुमार गच्छदारविरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ । उम्मेदवारविरुद्ध दाबी विरोध गर्ने निर्वाचन कार्यक्रम अन्तरगत उनको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको निर्वाचन आयोगले जनाएको छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता विजयकुमार गच्छदारले हिजो सुनसरी–३ मा उम्मेदवारी दर्ता गराएका दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा उनीलगायत विरुद्ध दर्ता गरेको भ्रष्टाचारको आरोप विशेष अदालतमा विचाराधीन छ ।

विशेष अदालतले उनलाई १० लाख रुपैयाँ धरौटीमा छाडेको हो । उनी विरुद्धको मुद्दा विचाराधिन रहेकाले उम्मेदवार नबनाउन माग गर्दै उजुरी परेको हो । अनियमितता, भ्रष्टाचारको आरोप लागेका र अन्तिम अदालतबाट सफाइ नपाएका नेताहरू कथंकदाचित निर्वाचित भएभने पनि सांसद भने हुन पाउने छैनन् ।


प्रतिक्रिया दिनुहोस्