रेशम चौधरी र लक्ष्मण थारुको उम्मेदवारी खारेज

काठमाडौं । कारागार जिवन बिताइरहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेका चौधरीको उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृत नगेन्द्र लम्सालले जानकारी दिए ।

चौधरी जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीबाट दोषी ठहर भएको र २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको पुष्टि भएकाले उम्मेदवारी खारेज भएको उनले बताए । चौधरीले २३ असोजमा आफ्ना प्रतिनिधि रघुप्रसाद चौधरीमार्फत उम्मेदवारी दर्ता गराएका थिए । तर उनको उम्मेदवारी विरुद्ध नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्तले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारु समुदायको आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो । सो घटनामा संलग्नताको आरोप लागेका चौधरीले फरार रहेकै अवस्थामा २०७४ सालको प्रतिनिधसभा निर्वाचनमा निर्वाचित भएका थिए ।

निर्वाचित भएपछि अदालतसमक्ष आत्मसमर्पण गरेका उनलाई कैलाली जिल्ला अदालतले ज्यान मुद्दामा दोषी ठहर गरेको थियो । जिल्ला अदालतको फैसलालाई उच्च अदालत डोटीले पनि सदर गरेको थियो । अदालतको फैसला अनुसार कारागारमा रहेका उनले डिल्लीबजार कारागारबाटै संसद सचिवालमा आई प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए ।

यस्तै, कैलाली–५ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका लक्ष्मण थारुको पनि उम्मेदवारी रद्द भएको छ । थारुलाई उच्च अदालत दिपायलले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी जन्मकैद तथा ज्यान मार्ने उद्योगमा थप ५ वर्ष कैद सजाय सुनाएकोमा सो सजाय पुरा नभएको र कारागारमा समेत नरहेको पाइएका ठहर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको छ ।

नाबालक सहित राष्ट्र सेवाका कर्मचारीको ज्यान जाने गरी भएको टिकापुर घटनामा दोषी ठहर भएका व्यक्तिले उम्मेदवारी दिएको भन्दै धनगढी–१५ का रामबहादुर सिंहले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा लक्ष्मण चौधरी विरुद्ध उजुरी दिएका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो उजुरीको जवाफ मागेपछि लक्ष्मण थारुले जवाफ दिएका थिए । उनको जवाफ वारिस्नामा मार्फत बुंदिलाल चौधरीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961