सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतले उनलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले जानकारी दिए ।

असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई यसअघि अदालतले ७ दिनको म्याद दिएको थियो । गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो ।

अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्