गाडी, मोटरसाइकल, मोबाइल, मदिरालगायतका वस्तुको आयातमा लागेको प्रतिबन्ध लम्ब्याउने निर्णय

काठमाडौं । सरकारले महँगा गाडीलगायतका विलासिताका वस्तुको आयातमा लगाइएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले महँगा गाडी, मोटरसाइकल, मोबाइल, मदिरालगायतका वस्तुको आयातमा लागेको प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा लागेको प्रतिबन्धलाई निरन्तरता दिन सिफारिस गरेको थियो । अब जिप, भ्यान, कार, १५० सीसी माथिका मोटरसाइकल, ३०० डलरभन्दा बढीका स्मार्ट फोन र विदेशी मदिराको आयातमा मंसिर मसान्तसम्म प्रतिबन्ध लागेको छ।

विदेशी मुद्राको सञ्चितीमा अझै सुधार नभएकोले मन्त्रालयले आयात प्रतिबन्धलाई निरन्तरता दिन उद्योग मन्त्रालयले सिफारिस गरेको थियो । यसअघि सरकारले गत वैशाखमा १० प्रकारका वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो ।

त्यसपछि सरकारले प्रतिबन्धलाई असार ३१ सम्म लम्ब्याएको थियो । गत भदौ १४ मा कुरकुरे, हीरालगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै सरकारले गाडी, मोटरसाइकल, मोबाइल र विदेशी मदिराको आयात प्रतिबन्धलाई निरन्तरता नै दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961