देउवालाई एकीकृत समाजवादीले भोट नदिने

काठमाडौं । सत्तारूढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले डेडल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट नहाल्ने भएको छ ।

डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका लागि उठेका देउवाको साटो एकीकृत समाजवादीले कांग्रेस ९बिपी० का उम्मेदवार कर्ण मल्ललाई सघाउने भएको हो ।

कांग्रेसले आफूहरूलाई प्रदेश सभामा उठ्न नदिएपछि यस्तो निर्णय लिइएको एकीकृत समाजवादीका डडेल्धुराका अध्यक्ष कविन्द्र बिष्टले बताए ।

गठबन्धनविरूद्ध नउभिन एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले आग्रह गरे पनि बाध्यात्मक परिस्थितिका कारण देउवालाई समर्थन गर्न नसकिने जानकारी गराएको बिष्टले बताए ।

एकीकृत समाजवादीले प्रतिनिधि सभामा मल्ललाई सघाउने र प्रदेशमा कांग्रेस ९बिपी०ले एकीकृत समाजवादीका उम्मेदवारलाई सघाउने विषयमा दुई दलबीच लिखित सहमति नै भएको छ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961