चामल बाँडेपछि सहरी विकास मन्त्री चौधरीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले सहरी विकास मन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले निर्वाचन आचारसंहिता विपरीत दाङको थारु बस्तीमा बाढी पीडितका नाममा राहतअन्तर्गत चामल बाँडेको भन्दै आयोगले मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको हो ।

‘निर्वाचन आचारसंहिता २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढी पीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याइँ गर्ने आधार के छ रु’, आयोगले मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको छ ।

२४ घण्टाभित्र स्पष्ट जवाफसहित स्पष्टीकरण पेस गर्न आयोगले मन्त्री चौधरीलाई निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961