डेंगुबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो, संक्रमित कति ?

काठमाडौं । शनिबार थप एक जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ । योसँगै डेंगुबाट मृत्यु हुनेको संख्या ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना डेंगुको बिरामी देखिएको मन्त्रालयको तथ्याङ्क छ । अहिले देशका ७७ वटै जिल्लामा डेंगुको संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।

यसैबीच शनिबार ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात सय ९८ नमूना परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण पुष्टि भएको हो । शनिबार ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

देशभर कोरोनाका सक्रिय सङ्क्रमितको संख्या सात सय १६ छ । हालसम्म नेपालमा १० लाख चार सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये नौ लाख ८७ हजार छ सय ८२ जना सङ्क्रमणमुक्त भएका छन् भने १२ हजार १८ जनाको मृत्यु भएको छ ।

यस्तै शनिबार २३ हजार छ सय सात जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले खोपको अतिरिक्त मात्रा लगाएका मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961