तोक्पेगोलाको जैविक सांस्कृतिक सम्पदाको संरक्षण,सम्वर्द्धन गर्दै ढोक्प्या लर्निङ्ग ग्राउण्डस् 

तोक्पेगोलालाई प्राकृतिक एवम् सांस्कृतिक हिसाबले महत्वपूर्ण क्षेत्रको रुपमा लिने गरिन्छ । तोक्पेगोला ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिकामा पर्छ । के. टि. के. बेल्ट ईन्क (KTK-BLET INC) को आर्थिक तथा प्राविधिक सहयोगमा यस क्षेत्रको जैविक-सांस्कृतिक सम्पदाहरूको संरक्षण, सम्वर्द्धन गर्नका लागि ढोक्प्या लर्निङ्ग ग्राउण्डस्ले महत्वपूर्ण भूमिका खेलिरहेको छ । 

ढोक्प्या लर्निङ्ग ग्राउण्डस् तोक्पेगाला भु-परिधिको जैविक-सांस्कृतिक विविधता संरक्षण, पर्यावरणीय पर्यटन प्रर्वद्धन, परमपरागत ज्ञान सीपहरूको संरक्षण गर्दै पर्मा कल्चर पद्धतिद्वारा प्राङ्गारिक परम्परागत तथा आधुनिक खेती प्रविधिहरूको विकास गर्नुका साथै स्थानीय समुदायको जीविको पार्जनमा आधारित सीपमुलक विकास गर्दै वातावरण संरक्षणको शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको एक समाजिक संस्था हो । 

यस संस्थाले स्थानीय समुदायको जनजिविकामा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै तोक्पेगोला भु-क्षेत्रको जैविक-सांस्कृतिक सम्पदाहरूको संरक्षण, सम्वर्द्धन गर्ने कार्य गर्दै आएको ढोक्प्या लर्निङ ग्राउण्डस्का अध्यक्ष डण्डु लामाले बताए । उनले भने, ‘यो क्षेत्र प्राकृतिक एवम् सांस्कृतिक हिसाबले अति महत्वपूर्ण क्षेत्र भएकोले यहाँका स्थानीय वासीहरुलाई यसको सम्बेदनसिलता प्रति सजग बनाउँदै प्रकृति मैत्री समाज निर्माणमा पहल गर्ने कार्य भई रहेको छ ।’

संरक्षण, शिक्षा र परमपरागत ज्ञान सीपलाई प्रबर्द्धन गर्नू यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको पनि उहाँ बताउँनुहुन्छ । 

उद्देश्य
स्थानीय श्रोत साधनमा आधारित ग्रामीण पर्यटन प्रवर्द्घन गर्नुका साथै पर्माकल्चर पद्धति अनुसार प्राङ्गारिक परम्परागत तथा आधुनिक खेती प्रविधिहरूको विकास र व्यवस्थापन गर्नु यस कार्यक्रमको उद्देश्य रहेको लेखा अधिकृत रोशनी लिम्बू बताउँनुहुन्छ । समुदाय मैत्री जैविक विविधता संरक्षण र वातावरण संरक्षण सम्बन्धी जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्यले पनि कार्यक्रमलाई अघि बढाइएको उहाँ बताउँनुहुन्छ ।  

तालिम तथा गोष्ठी सम्पन्न
ढोक्प्या लर्निङ्ग ग्राउण्डस्ले जैविक विविधता संरक्षण सम्बन्धी सामुदायिक वन उपभोक्ता समिति तथा स्थानीय बासिन्दाहरूलाई सचेतना गोष्ठी तथा तालिमहरू प्रदान गरेको छ । जैविक-सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा स्थानीयरुपमा खतरामा परेका बासस्थान र प्रजातिहरू सम्बन्धी स्थानीय समुदायलाई संवेदनशील बनाउँदै संरक्षणको कार्यमा जागरुकता जगाउने उद्देश्यले उक्त तालिमहरू सञ्चालन गरिएको हो । यो सँगै तोक्पेगोला भूपरिधिको जैविक-सांस्कृतिक सम्पदाहरूको संरक्षणको लागि नीति र कार्य साला गोष्ठी समेत सम्पन्न गरिएको छ । 

साथै केही समय अघि मात्रै रैथाने खाना प्रबन्धन तथा आतिथ्यता सत्कार प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भएको अधिकृत लिम्बूले जानकारी दिनुभएको छ । लिम्बूका अनुसार उक्त प्रशिक्षण कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो । विषेश गरी यस तालिमले उक्त क्षेत्रमा उत्पादन भएको खानाको प्रबन्धन र आन्तरिक तथा वाह्य पर्यटकहरूको सेवा सत्कारमा सहयोग पुग्ने लिम्बूको भनाई छ ।

परम्परागत मूल्य मान्यताहरूको दस्तावेज तयार
तोक्पेगोला भु-परिधिमा अवस्थित जैविक-सांस्कृतिक विविधता र सम्पदाहरूको सर्वेक्षण तथा दस्तावेजीकरणको कार्य सम्पन्न गरि ‘तोक्पेगोला (ढोक्प्या) क्षेत्रको जैविक-सांस्कृतिक सम्पदा सम्बन्धी संक्षिप्‍त अध्ययन प्रतिवेदन २०७९’ पनि सम्पन्न भएको छ । 

उक्त प्रतिवेदनमा तोक्पेगोला क्षेत्रमा बसोवास गर्ने आदिवासी समुदायको प्रमुख सांस्कृतिक सम्पदाहरू तथा परम्परागत मूल्य मान्यताहरूको दस्तावेज तयार गरिएको छ । साथै लोप हुदै गएको परम्परागत धर्म संस्कृति तथा सामाजिक मूल्य मान्यताको निरन्तरताको लागि ऐतिहासिक पर्वहरूको संरक्षण तथा प्रर्वद्धनको कार्य भएको छ । 

जसमा किरात समुदायको एतिहासिक पर्व चासोक तङनाम, ढोक्प्या समुदायको एतिहासिक पर्व ल्हाप्सो पुजा जस्ता परमपरागत चाड पर्वहरूको जगेर्ना गर्ने कार्य भएको अध्यक्ष लामाको भनाई छ । यस्तै परम्परागत चिकित्सा पद्धतिमा प्रयोग गरी जडिबुटिको समेत दस्तावेज तयार गर्ने कार्य भइरहेको उहाँ बताउँनुहुन्छ ।

रैथाने ज्ञान पोर्टलको निर्माण मार्फत परमपरागत ज्ञानको दस्तावेज तयार 
स्थानीय समुदायको परम्परागत ज्ञानमा आधारीत सामाजिक सांस्कृतिक क्रियाकलापहरुको दस्तावेज तयार गरि प्राचिन प्राकृतिक चिकित्सा पद्दतीहरुको संरक्षण, प्रबर्द्धन गर्ने कार्य भएको छ । हिमाली क्षेत्रमा बसोवास गर्ने आदीवासी समुदायको प्रकृतिमा आधारित जीवन पद्धतीको संरक्षण सँगै भावी पुस्तालाई ज्ञान दिने हिसाबले परम्परागत ज्ञानहरुको दस्तावेज भिडयो सामाग्रीतयार गरिएको छ । साथै रैथाने ज्ञान पोटलमा शेर्पा, लिम्बू तामाङ समुदायको परम्परागत ज्ञानमा आधारित संस्कृतिहरुको समेत संकलन गरिएको अधिकृत लिम्बूले बताउनुभयो । 

रोजगारी
समुदाय परिचाल तथा कार्यक्रम कार्यान्वयनको साथै स्थानीय युवाहरुलाई रोजगारी सिर्जना गर्ने उदेश्यले ३ जनायुथ फेलोहरु कर्मचारीको रुपमा कार्यरत रहेको अध्यक्ष लामाले बताउँनुभयो । जसको माध्यमबाट समुदायमा सामासजिक परिचालकको कार्य हुनुको साथै रोजगारीको अवसर प्राप्त गरि जीविको पार्नजमा टेवा पुगेको उहाँ सुनाउँनुहुन्छ । 

होमस्टे संचालनको तयारी 
तोक्पेगोला क्षेत्रको वातावरण संरक्षण सँगै पर्यावरणीय पर्यटन प्रर्वद्धन कार्यको लागि यस क्षेत्रको बिभिन्न स्थानहरुमा स्थानीय समुदायमा आधारित १० ओटा होमस्टे संचालनमा ल्याउने कार्य भइरहेको लिम्बूले बताउनुभयो । होमस्टे व्यवसायीहरुलाई सुधारीएको फलामे चुलो १/१ तथा साथै आन्तरिक व्यवस्थापनको लागि आवस्यक सामाग्री दिने तयारी भईरहेको पनि उहाँले बताउँनुभयो ।

होमस्टे व्यवस्थापनको लागि ‘पापुङ इकोटुरीजम एन्ड मास्टर प्लान’ तयार गरिएको पनि उहाँले बताउनुभयो । उक्त होमस्टे व्यवसायलाई मध्यनजर गर्दै, होमस्टे व्यवसायी र अन्यगरि जम्मा २४ जनालाई ३ दिने होमस्टे सञ्चालन तथा व्यवस्थापन तालिम प्रदान गरि सकिएको छ । 

सहयोग
स्थानीय वासिन्दाहरुको जीविको पार्जनमा सहयोग गर्दै वातावरण संरक्षण तथा जैविक सांस्कृतिक सम्पदाहरूको संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले उक्त क्षेत्रका ४० जना चौरी गोठालाहरुलाई मिनि सोर्लार हस्तातरण गरिएको छ । हिमपातका कारण बेपता भएका चौरी व्यवसायी लाक्पा टासी शेर्पालाई उदारका लागि रु १ लाख बरावरको आर्थिक सहयोग गरिएको थियो । तोक्पेगोलालाई चौरी पालनहुने मुख्य क्षेत्रका रुपमा लिने गरिन्छ । विषेश गरि तोक्पेगोलाका ढोक्प्या जातीहरुले चौरी पाल्ने गरेको पाइन्छ । यसका साथै कोभिडको दोस्रो लहरमा स्वास्थ्य सामाग्री पनि प्रदान गरिएको थियो । 

नर्सरी निर्माण
लर्निङ्ग ग्राउडस् र सामुदायिक वन उपभोक्ता सहासंघ ताप्लेजुङको सहकार्यमा तोक्पेगोलामा ५ रोपनी क्षेत्रफलमा रानी चाप, धुपी, सल्ला, ओखर लगायतका ७ प्रजातिका ६० हजार विरुवारहरु रहेको  नर्सरी निमार्ण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्