मेरो जीवनकालमा भएको राजनैतिक परिवर्तन फिल्म जस्तो लाग्दछ : प्रचण्ड

राजेन्द्र न्यौपाने
सम्वाददाता । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काअध्यक्षपुष्पकमलदाहालले आफ्नो जीवनकालमाभएको राजनैतिक परिवर्तन फिल्म जस्तो लागेको बताउनुभएको छ । आज साँझजिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ९ स्थित आरुटारमा स्थानीयहरुसँग कुरा गदैैै दाहालले आफ्नै जीवनकालमा धेरै उतारचढाव भएको र धेरै नागरिकहरुकाअधिकार स्थापितभएकाले फिल्म जस्तो लागेको बताउनुभयो ।

४६ वर्ष पहिले शिक्षणको क्रममाआफू बसेकै स्थानमाआउनपाउँदाअत्यन्तै खुशीलागेको बताउँदै अध्यक्षदाहालले समकालिन समयकादर्जन बढी सहपाठीहरुको नाम समेत लिनुभएको थियो । आफ्नो उम्मेदवारी गोरखाबाट हुनगोरखाकालागिफाइदा रहेको बताउनुभयो । मध्यपहाडी लोकमार्ग,बुढीगण्डकी जलविद्युत परियोजना,बेनिघाट आरुघाट लार्के सडक निर्माणको काम समयमै सम्पन्नगरिने अध्यक्षदाहालले बताउनुभयो ।
चुनावी भेटघाटको क्रममागोरखाआइपुग्नुभएकापूर्व प्रधानमन्त्रीदाहालदुइदिन सम्मगोरखा रहने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य लेख बहादुर थापा मगरले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्