भ्रमको पछि नलाग्न एमाले सचिव योगेश भट्टराईको आग्रह

ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा ताप्लेजुङ जिल्लाबाट प्रतिनिधी सभाका उम्मेदवार योगेश भट्टराईले आफूविरुद्ध भ्रामक सूचना प्रवाह नर्गन आग्रह गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै आफू विरुद्ध प्रचार गरिएका भ्रामक सूचनाहरूको पछि नलाग्न जिल्लावासीलाई आग्रह गरेका हुन् ।

ताप्लेजुङ सामाजिक, सांस्कृतिक एवं धार्मिक सहिष्णुताले भरिपूर्ण जिल्ला रहेको र आफू प्रतिनिधिसभा सदस्य र केही समय मन्त्री समेत रहँदा ताप्लेजुङका लागि माङ्हिम तथा माङ्गेना यकहरुको निर्माण, लिम्बु संग्राहालयको विकास, गुम्बाहरूको पूर्वाधार विकास , बहुसांस्कृतिक संग्रहलयको निर्माण , निसान छापको संरक्षण, भिन्तुना भवनको निर्माण , लगायतका सामाजिक र सांस्कृतिक पहिचानका लागि सक्दो रकम व्यवस्थापन गरेको कुरा सबैसामु प्रस्ट रहेको भन्दै भट्टराई ले भ्रामक सूचना जनतामाझ नछर्न विज्ञप्ति मार्फत आग्रह गरेका छन् ।

भट्टराईद्वारा जारी विज्ञप्तिमा सुकेटार विमानस्थलको सम्बन्धमा आफूले २०७८ जेष्ट १५ गते नै सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गरी असन्तुष्टि जनाएको उल्लेख छ । तिम्वूङ पोखरी तिम्वूङ पोखरीनै हुने र त्यो विष्णु पोखरी हुन नसक्ने उहाँको दाबी रहेको छ । पाथीभराको विषयमा खोज अनुसन्धान र तथ्यहरूको विश्लेषणबाट त्यसको टुंगो लगाउन उपयुक्त हुने उनको राय छ ।


प्रतिक्रिया दिनुहोस्