निर्वाचन लक्षित नमुना मतदान कार्यक्रम मिक्वाखोला र मेरिङदेन गाउँपालिकामा पनि सम्पन्न

ताप्लेजुङ । मतदाता जागरणका लागि जिल्ला निर्वाचन कार्यलय ताप्लेजुङको आयोजनामा पालिकास्तरमा भईरहेको नमुना मतदान अन्तर्गत शनिबार मिक्वाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिकामा पनि नमुना मतदान सम्पन्न भएको छ । मिक्वाखोला गाउँपालिका केन्द्रमा भएको नमुना मतदानमा ४७ जनाले मतदान गरेका थिए । जसमध्ये प्रतिनीधि सभा प्रत्यक्षतर्फ ४३ मत सदर र ४ मत बदर भएको र प्रतिनीधि सभा समानुपातिकतर्फ ४४ मत सदर र ३ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिए । त्यस्तै गरि प्रदेशसभा प्रत्यक्षतर्फ ४५ मत सदर र ३ मत बदर भएको थियो भने समानुपातिकतर्फ ४५ मत सदर र २ मत बदर भएको जिल्ला निर्वाचन कार्यलय ताप्लेजुङले जनाएको छ । त्यस्तै मेरिङदेन गाउँपालिकामा पनि आजै नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । पालिकाको श्री जाल्पादेवी आधाभुत विद्यालयमा भएको नमुना मतदानमा प्रतिनीधिसभा प्रत्यक्ष समानुपातिक दुबैतर्फ समान ५१÷५१ मत सदर र ३÷३ मत बदर भएको निवाृचन अधिकारी खनालले बताए । त्यस्तै प्रदेशसभा प्रत्यक्षतर्फ ५१ मत सदर र २ मत बदर भएको र समानुपातिकतर्फ ५२ मत सदर र २ मत बदर भएके जिल्ला निर्वाचन अधिकारी खनालले बताए ।
आगामी मंसिर ४ मा हुन गई रहेको प्रतिनीधि तथा प्रदेशसभा निर्वाचनमा बदर मतलाई कम गर्नका लागि भई रहेको नमुना मतदानमा यस अघि शुक्रबार सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकामा नमुना मतदान सम्पन्न भईसकेको छ ।
यस्तै २० गते फक्ताङलुङ गाउँपालिका,२१ गते मैवाखोला र आठराई त्रिबेणी गाउँपालिका,२२ गते पाथीभरा याङ्वरक गाउँपालिका र २३ गते फुङलिङ नगरपालिकामा नमूना मतदान गर्ने गरी जिल्ला निर्वाचन कार्यालयले कार्यसूची बनाएको छ।
निर्वाचन आयोगको परिपत्र अनुसार मतदाता जागरणका लागि प्रत्येक पालिकाका केन्द्रहरुमा नमूना मतदान कार्यक्रम हुने गरी कार्ययोजना रहेको जिल्ला निर्वाचन अधिकारी खनालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्