मर्न तयार छु, जनतालाई धोका दिन्न : पराग


ताप्लेजुङ । पलपल मृत्युबाट बच्न सफल दश वर्षे जनयुद्धको एक इतिहास हो पराग (खेल प्रसाद बुढाक्षेत्री)। अन्याय र अत्यचारका विरुद्धमा जिवनलाई आहुती दिन तयार भएर उनि युद्धमा होमिए । मंसिर ४ गते हुन गई रहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ मा ताप्लेजुङबाट गठबन्धनको तर्फबाट माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा ताप्लेजुङ जिल्ला ईन्चार्ज पराग प्रतिनीधि सभाका लागि उम्मेदवार रहेका छन् ।
परागले आफु मर्न तयार रहको तर जनतालाई कदापी धोका नदिने बताएका छन् । कसैले राम्रो काम गर्दा मार्छन भने मर्न तयार रहेको तर जनतालाई धोका नदिने र समग्र जिल्लाबासीको ईज्जतमा आँच आउने काम नगर्ने उनको भनाई छ ।
उनले भने “समाज परिर्वनका लागि मृत्युलाई स्विकारेर जनयुद्धमा होमिएको एक योद्धा, बरु मर्न तयार हुन्छ , जनतालाई धोका दिन कदापि सक्दैन ।”
साथै उनले आफुले धेरै कमाउने सपना नबोकी समग्र जिल्ला र देशको विकासका निम्ति दृढ भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले भने,“ मर्ने बेलासम्म केहि कमाउन सकिन भने बुबाले बनाएको घर छ त्यहि फर्किएर मर्ने छु तर ठुलो महलको आशा राखेको छैन चाहना राखेको छैन ।तर यो समाज बदल्ने उत्कट चाहना राखेको छु उत्कट विचार बोकेको छु । यो समाज आर्थिक हिसाबबाट सामाजिक साँस्कृतिक हिसाबबाट बदल्नु पर्छ भन्ने मmु उद्देश्यका साथ उम्मेदवारी दिएको हुँ ।”
ताप्लेजुङ जिल्लाको सिरिजङ्घा गाउँपालिका पेदाङमा जन्मिएका पराग माओवादी आन्दोलनका सशक्त योद्धा हुन् । सामान्य परिवारमा जन्मिएका परागको बाल्यकाल गाउँ मै बित्यो । उनले कक्षा सातसम्म पेदाङको राष्ट्रिय मा.वि.मा अध्ययन गरे भने माध्यमिक तहको अध्ययन सिनामको सिनाम मा.विबाट गरे । २०४६ सालमा सिनाम गएका उनले सिनाममा अध्ययन गर्दा देखि नै राजनीतिमा होमिए ।
तत्कालिन अनेरास्ववियूको एकाई कमिटिमा सामेल भए । जब उनि राजनीतिमा चासो राख्दै गए तब समाजमा विद्यमान अन्याय, शोषण,दमन र अत्याचार विरुद्ध आवाज उठाउनु पर्छ भन्ने कुरा बुभ्mदै गए ।
सिनाममा अध्ययन गर्दा उनि अनेरास्ववियूको प्रारम्भिक कमिटीको अध्यक्ष भए त्यसपछि उनि अनेरास्ववियू जिल्ला सहसचिव भए । उच्च शिक्षाका लागि काठमाडौं पुगेका परागले आर्थिक अभावका कारण ईन्जिनियरिङ अध्ययन गर्न नसक्ने भएपछि धरान फर्केेर विज्ञान विषय अध्ययन गर्न थाले ।
धरानको हात्तिसार क्याम्पसमा अध्ययन गर्दा उनि अनेरास्ववियू एकाई कमिटी अध्यक्ष हुँदै स्ववियू चुनावमा भाग लिई उपसभापतिमा निर्वाचित भएका थिए । त्यसपछि उनि अनेरास्ववियू सुनसरि जिल्ला सदस्य पनि भएका थिए ।
आफ्नो अध्ययनलाई अगाडी बढाउन आर्थिक सकस भएकोले उनि खर्च जुटाएर मात्रै अध्ययनलाई निरन्तरता दिने सोचका साथ गाउँ फर्केर गाउँमै अध्यापन गराउन थाले ।
आर्थिक अभावलाई झेल्दै अघि बढेका उनले विज्ञान विषय अध्ययन गर्ने सपनालाई त्याग्ने स्थितिको सृजना भयो । पछि उनले ईलामबाट आफ्नो अध्ययनलाई अगाडी बढाए ।
वामपन्थी आन्दोलनमा सहभागी भएको ३२ वर्ष र माओवादी पार्टीमा पूर्णकालीनको रुपमा लागेको २० वर्षको अनुभव संघालेका पराग कृषि क्रान्तिलाई र पर्यटन प्रवद्र्धन विकासमा जोड दिन सके मात्रै समाजको विकास गर्न सकिने बताउँछन् । हालसम्म जिल्ला मै रहेर जिल्लाबासीको समस्या आफुलाई थाहा भएकोले पनि आफु निर्वाचित भए पश्चात समग्र जिल्ला विकासका लागि अघि बढ्ने उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्