पाथिभरा याङवरक गाउँपालिकामा नमुना मतदान कार्यक्रम सम्पन्न


ताप्लेजुङ । जिल्ला निर्वाचन कार्यलय ताप्लेजुङको आयोजना पालिका स्तरमा भई रहेको नमुना मतदान कार्यक्रम मंगलबार पाथिभरा याङवरक गाउँपालिकामा सम्पन्न भएको छ । पाथिभरा याङवरक गाउँपालिकाको श्री थेचम्बु मा.वि. विद्यालयमा भएको नमुना मतदानमा ६४ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनाल जनाए ।
उनका अनुसार प्रतिनीधि सभा प्रत्यक्षतर्फ ५६ मत सदर र ८ मत बदर साथै समानुपातिकतर्फ ५९ मत सदर ५ मत बदर भएको छ । त्यस्तै प्रदेशसभा प्रत्यक्षतर्फ र समानुपातिक दुबैतर्फ समान ६२÷६२ मत सदर र २÷२ मत बदर भएको जिल्ला निर्वाचन कार्यलय ताप्लेजुङले जनाएको छ ।
मतदाता जागरण गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा बदर मतलाई कम गर्ने उद्देश्यका साथ जिल्ला निर्वाचन कार्यलय ताप्लेजुङको आयोजनामा भई रहेको नमुना मतदान कार्यक्रममा यस अघि सिरिजङघा, सिदिङवा,मिक्वाखोला र मेरिङदेन, फत्ताङलुङ गाउँपाकिलामा नमुना मतदान कार्यक्रम सम्पन्न भैसकेको छ ।
यस्तै बुधबार फुङलिङ नगरपालिकामा नमूना मतदान गर्ने गरी जिल्ला निर्वाचन कार्यालयले कार्यसूची बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्