ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई र गठबन्धनका पराग बीच रोचक भिडन्त


ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा बाम लोकतान्त्रिक गठबन्धन र एमाले सहित अन्य राजनीतिक दलले चुनावी मिति नजिकिदैँ गर्दा प्रचार प्रसारलाई तिब्र बनाएका छन् ।
कात्र्तिक १७ गते अघिसम्म घरदैलो अभियानमा व्यस्त उम्मेदवार तथा राजनीतिक दल एतिबेला भने चुनावी आमसभामा व्यस्त देखिन्छन् ।
एमालेका केन्द्रीय सचिवसमेत रहेका पुर्वमन्त्री योगेश भट्टराईको निर्वाचन क्षेत्र भएकोले पनि सम्भावित मत परिणामलाई लिएर केन्द्र देखि लिएर स्थानीय स्तरमा अड्कल बाजी भईरहेको छ ।
एक प्रतिनीधि र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा मुख्य प्रतिष्पर्धा बाम लोकतान्त्रिक गठबन्धन र एमाले
बीच नै हुने देखिन्छ । एमालेलाई आफुले जितेर आफ्नो साख जोगाउनु पर्ने छ भने बाम लोकतान्त्रिक गठबन्धनलाई एमालेको किल्लालाई तोड्नु पर्ने चुनौती छ ।
यस पटक ताप्लेजुङमा नेपाली काँग्रेस,माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी तिन दलिय गठबन्धन रहेको छ भने एमाले एक्लै चुनावी मैदानमा छ । गत स्थानीय तहको चुनावको वडा अध्यक्षहरुले प्राप्त गरेको मत परिणामलाई हेर्ने हो भने २४ हजार ८९ मत गठबन्धनले ल्याउँदा एमाले एक्लैले २४ हजार २ सय ९५ मत छ । यस मत परिणामलाई हेर्दा गठबन्धनलाई एमालेलाई हराउन निकै सकस पर्ने देखिन्छ । ईमान्दारीताका साथ गठबन्धनले मत लाउने हो भने एमालेलाई आफ्नो बिरासत जोगाउन भने हम्मे हम्मे पर्ने देखिन्छ ।
फ्रेस र अनटेस्टेड मान्छे देशव्यापी रुपमा जनताले खोजि रहेको स्थितिमा माओवादी केन्द्रका केन्द्रिय सदस्य पराग फेस्र मान्छे र जिल्लामै रहेर स्थानियको समस्यालाई बुझेका व्यत्तित्व भएकाले पनि यस पटक जनताले उनलाई मत दिने गठबन्धनको दाबी छ । उता पुर्व मन्त्रि समेत रहेका एमालेका सचिव योगेश भट्टराईले नै जित्ने एमालेले दाबी गर्दै आई रहेको छ ।
एक नगरपालिका र ८ गाउँपालिका रहेको ताप्लेजुङमा एमालेले ३ गाउँपालिका जितेको छ । काँग्रेसले १ नगरपालिका, ३ गाउँपालिका तथा माओवादी केन्द्रले २ गाउँपालिकामा जित निकालेको छ । ६१ वडा रहेको ताप्लेजुङमा एमालेले २९, काँग्रेसले १५, माओवादी केन्द्रले १०, नेकपा एसले २ वटा वडा जितेको छ । यस्तै अन्य ४ वडा स्वतन्त्रले जितेका छन् । स्थानीय तहको निर्वाचनमा वडा अध्यहरुले प्राप्त गरेको मतको आधारमा यो स्थिति भएपनि गठबन्धनमा सहभागी दलहरुमा नेपाली काँग्रेस,माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले गठबन्धनको भागबन्डाले गर्दा जिल्लाका सबै वडामा आफ्ना उम्मेदवार नदिएको कारण वडा अध्यक्षले प्राप्त गरेको मतलाई मात्रै हेरेर गठबन्धन कमजोर भन्ने स्थिति भने छैन । गठबन्धनका उम्मेदवारी नै नभएका वडाहरुमा पनि गठबन्धनका दलहरुको मतदाता रहेकोले पनि गठबन्धनलाई नतिजा आफ्नो पक्षमा पार्न सहज हुने देखिन्छ ।
२०७४ मत परिणाम
०७४ सालको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका योगेशकुमार भट्टराईले २९ हजार ४ सय ७९ मत ल्याएर विजयी हुँदा काँग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८८८ मत ल्याएका थिए । प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘क’ मा वाम गठबन्धनबाटै उम्मेदवार बनेका एमालेका बलबहादुर साम्सोहाङले १५ हजार ४१७ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसकी लिलादेवी बोखिम (लिम्बू)ले १० हजार ९७४ मत ल्याएकी थिइन् ।
यस्तै प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘ख’ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका टंक आङबुहाङ्ग लिम्बूले १२ हजार १९८ मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिपेन्द्रकुमार सेन्दाङले ७ हजार ५८७ मत ल्याएका थिए । आङ्बुहाङ्ग अहिले एमालेबाट प्रतिनीधिसभा सदस्यतर्फ समानुपातिक उम्मेदवार रहेका छन् । २०७४ को निर्वाचनमा एमाले र माओवादीले गठबन्धन गरेका थिए भने काँग्रेस एक्लै चुनावी मैदानमा होमिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961