गोरखामा बढ्यो चुनावी सरगर्मी, भारी मतले प्रचण्डको जित हुने अनुमान प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार २१:२० गोरखा । गोरखामा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी निकै बढेको छ । बजारका चोक, गल्ली, गाउँघरका चौतारा, चिया पसलमा जताजतै चुनावकै विषयमा चर्चा परिचर्चा हुने गरेको छ ।मानिसहरूले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु गोरखा आउनुको कारणबारे जिज्ञासा राखिरहेका छन् । २२ वर्षको कलकलाउँदो उमेरमा गोरखा आएर शिक्षण गरेका र निल परेको विद्यालयलाइ प्रथम श्रेणी सहितको उत्कृष्ट विद्यालय निर्माण गरेका प्रचण्डले गोरखामा नै बसेर राजनैतिक यात्रा तय गरेका थिए ।प्रचण्डले पञ्चायतविरोधी आन्दोलन गोरखा बसेर नै गरे । जनक्रान्ति र गणतन्त्रको सुरुवात गोरखामा नै हेडक्वाटर खडा गरेको उनले सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।प्रचण्ड सधैँ राजनीतिमा सक्रिय रहँदै नेपालमा फरक फरक नीति तथा सिद्धान्तको प्रयोग समेत गर्दै आएका छन् । उनले यसपटक गोरखाबाट आर्थिक समृद्धिको यात्रा तय गर्ने बताएका छन् । हालसम्म गोरखाका १०४ वटा सभामा सम्बोधन गरिसकेका प्रचण्डले पटक(पटक एउटै कुरा दोहोर्याकएका छन् । कानुनी हिसाबले उनी गोरखा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । उनले आफूलाई एउटा निर्वाचन क्षेत्रका भन्दा पनि गोरखाको उम्मेदवार भनिरहेका छन् ।नेपाललाई लगानीको गन्तव्य बनाउने र सबैलाई यहीँ भविष्य निर्माणको वातावरण बनाउन प्रचण्ड लागिपरेको देखिन्छ । स्पष्ट स्वभावका प्रचण्डमा कुनै जालझेल, षड्यन्त्र र अस्प्षटता देखिँदैन ।बिहान ६ बजेदेखि राति १० बजेसम्म उनी जनताहरूसँगको भेटघाट, सभा, सम्मेलन, विकास निर्माणका छलफलमा सहभागी छन् । उनले गोरखामा विद्यार्थी, युवाहरू, शिक्षक, विभिन्न जनवर्गीय र जातीय संघ, संगठनहरू, व्यवसायी, उद्योग वाणिज्य संघका व्यवसायी, शहीद बेपत्ता परिवार सबैसँग भेटघाट गरेका छन् । जान नभ्याएका कतिपय स्थानमा निर्वाचनपछि आउने वचन दिएका छन् ।पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसँगै गोरखामा विकास भित्रिने गोरखाली नागरिकहरूमा अपेक्षा छ । समाजवादको यात्रामा रहेका प्रचण्ड यसअघि रोल्पा, काठमाडौं, सिराहा, चितवनबाट निर्वाचन लडेका थिए । जतिवटा निर्वाचन भयो उनले त्यति नै पटक फरक स्थानबाट चुनावमा भाग लिँदै र विजयी हुँदै आएका छन् । देश निर्माणको सपना बोकेर अगाडि बढेका प्रचण्ड विकासमा नेपालको मौलिक मोडल तय गर्न विभिन्न भूगोलमा जाने गरेका उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।प्रचण्डलाइ रेकर्ड राख्ने गरी मत दिएर विजयी गराउने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवँ गोरखा क्षेत्र नम्बर दुइ ९ख० का उम्मदवार सुरेन्द्रराज पाण्डे बताउँछन् ।प्रचण्डले सार्वजनिक कार्यक्रममा र अघिपछि पनि भनेका छन्, राणा शासन, पञ्चायती व्यवस्था हटाउन र देशमा गणतन्त्र ल्याउन कांग्रेस र कम्युनिष्टहरूको एकताले नै काम गरेको छ । यसपटक आर्थिक समृद्धिको यात्रालाई अघि बढाउन यो गठबन्धन पूर्ण सफल हुने उनले प्रष्ट गरेका छन् । यो निर्वाचनले कांग्रेस, माओवादी, एकीकृत समाजवादी, नेसपा, राष्ट्रिय जनमोर्चाको गठबन्धनले बहुमत ल्याउने उनले बताएका छन् ।प्रचण्ड एकदुई जनाको लागि भन्दा पनि देशका सबै नागरिकहरू र समग्र देशको अवस्था परिवर्तनका लागि अहोरात्र खटेका छन् । उनले २०३३ साल देखि देशको परिवर्तनको लागि गोरखालाई केन्द्र बनाएर काम गर्दै आएका छन् । देश र जनताको परिवर्तन र मुक्तिका लागि निरन्तर संघर्ष गर्ने प्रचण्ड देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउन लागि परेका छन् ।गोरखामा अन्य पार्टीहरू राप्रपा, राप्रपा नेपाल, नेकपा एमालेलगायतका केही स्वतन्त्र नागरिकहरू पनि गाउँ गाउँमा मत माग्दै कार्यक्रम गरिरहेका छन् । उनीहरूले अधिकांश समय परिवर्तनका विरुद्धमा, शान्तिका विरुद्धमा प्रचार गरिरहेका छन् ।