जय नेपाल र अभिवादन भन्न लजाउँनु पर्दैन : प्रचण्ड


ताप्लेजुङ । नेकपा माओवादीका अध्यक्षम एवं पुव प्रधानमन्त्री पुष्प कमल दाहालले जय नेपाल र अभिवादन भन्न लाज मान्न नहुने बताएका छन् । बाम लोकतान्त्रिक गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्न बुधबार ताप्लेजुङ आई पुगेका प्रचण्डले यस्तो बताएका हुन् । कार्यक्रमा बोल्दै उनले भने,“तपाईँहरुलाई यो जय नेपाल लाल सलाम कहिलेबाट भयो भन्ने लाग्ला ?विस्तृत शान्ति सम्झौतामा सात राजनीतिक दलको तर्फबाट तत्कालीन नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोईराला र नेकपा माओवादीको तर्फबाट मैले एउटै कागजमा हस्ताक्षर गरेर विस्तृत शान्ति सम्झौता गरेपछि गरिजातर्फ फर्केर मेलै जय नेपाल भने गिरिजा बाबुले म तर्फ फर्किएर लाल सलाम भनेदेखि सुरु भएको हो । यदि त्यो शान्ति सम्झौता सहि थियो भने अब अप्ठयारो मान्नु पर्दैन । यो राष्ट्रका लागि यो जनताका लागि हो यो शान्तिका र समृद्धिका लागि हो ।”

साथै उनले जुन दिन हामी हस्ताक्षर गरेउँ त्यहि दिन गिरिजा प्रसाद कोईरालाले हँसिया हथौडामा छाप लगाउनु भयो मैले रुखमा छाप लगाए त्यसैले अब कसैले रुख र हँसिया हथौडामा छाप लगाउन अप्ठयारो मान्नु पर्दैन । साथै उनले मंसिर ४ मा हुने प्रतिनीधि र प्रदेसभा निर्वाचनमा अब समृद्धिका लागि गठबन्धनलाई मत दिनुको विकल्प नरहेको भन्दै गठबन्धनलाई मत दिने सबैलाई आग्रह समेत गरे ।


प्रतिक्रिया दिनुहोस्