यो निर्वाचन विशेष रहेको छ : प्रचण्ड


ताप्लेजुङ । अन्य समयको भन्दा यो निर्वाचन फरक र विशेष खालको निर्वाचन रहेको नेकपा माओवादी केनद्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बताएका छन् । ताप्लेजुङ जिल्लामा बाम लोकतान्त्रिक गठबन्धनको ंचुनावी आम सभालाई सम्बोधन गर्दै उनले भने,“ यो अरु बेलाको जस्तो सामान्य निर्वाचन होईन यो निर्वाचन अलि विशेष खालको छ । किनकी यो निर्वाचनमा दुईवटा विचार दुईवटा गठबन्धन दुईवटा सँस्कृति दुईवटा प्रवृत्ति आमना साम्ने हुदैँ छन् । यो एउटा ठुलो ऐतिहासिक जनमत संग्रह जस्तो हुने छ । संविधान मिच्ने संघियता खोस्ने गणतन्त्र उल्टाउने यो देशका महिलाले आदवासीले,जनजातीले,थारुले,मधेसीले,मुस्लिमले पाएको अधिकार खोस्ने एकातिर छन्,ओलीको जीको नेतृत्वमा फेरी राजतन्त्र फर्काउने रे भन्नेहरुको गठबन्धन अर्को गिरिजा प्रसाद र मैलै हस्ताक्षर गरेपछिको सात दलको नेतृत्व को नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,एकिकृत समाजवादी (एस) र राष्ट्रिय जनमोर्चा लगायत अग्रगामि शक्तिहरुको गठबन्धन यो संविधानको रक्षा स्थिरता र समृद्धिको निम्ति गठबन्धन बनेका छौँ । मंसिर ४ मा यी दुई गठबन्धन आम्नेसाम्ने हुँदैछन् । “

साथै उनले संविधान बनि सकेपछि देशमा राजनीतिक दुर्घटना नभई राजनीतिक स्थायित्व कायम भई देशले विकासको गति लिईसमृद्ध हुनेछ भन्ने लागेको तर एमाले अध्यक्ष ओलीका कारण त्यसो नभएको बताए । उनले भने,“ हामीलाई लागेको थियो संविधान सभाबाट संविधान बनि सकेपछि अब देशमा कुनै राजनीतिक दुर्घटना हुने छैन राजनीतिक स्थायित्व हुनेछ,विकासले गति लिने छ र देश समृद्ध हुनेछ । तर विडम्बना केपि ओलीको नेतृत्वमा पाँच वर्ष चल्नु पर्ने दुई तिहाईको तिन वर्ष मै त्यस्का विरुद्ध लड्नु पर्ने बाध्यता आयो उहाँले प्रतिनीधिसभा संविधान मिचेर बिगठन गर्ने सबै चिज उल्टाउने दुस्साहस गरेपछि , हामीले फेरी यो गठबन्धन बनाएर त्यस्लाई परास्त गरेका हौँ । त्यसैले अवको निर्वाचनमा गठबन्धनलाई मत दिएर प्रतिगमन,प्रतिक्रान्ती, देशलाई पछि धकेल्न चाहाने जनताले ७० वर्ष लडेर शसस्त्र र शान्तिपुर्ण दुबै खालका आन्दोलनमा हजारौँको बलिदान पछि पाईसकेको अधिकारलाई खोस्न चाहनेलाई सदाका लागि परास्त गर्ने मौका भएकोले गठबन्धनलाई मत दिएर विजयी बनाउँनु हुन अनुरोध गर्दछु ।”


प्रतिक्रिया दिनुहोस्