परागलाई जिताउनुस् मन्त्री बनाएर पठाउँछु :प्रचण्ड


ताप्लेजुङ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेल प्रसाद बुढाक्षेत्री “पराग”लाई जिताए मन्त्री बनाएर पठाउने बताएका छन् । ताप्लेजुङको फुङलिङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले परागलाई मन्त्री बनाउने बताएका हुन् । उनले भने,गठबन्धनका उम्मेदवारलाई अत्याधिक मत दिएर जिताएर पठाउनुस् , खेल प्रसाद बुढाक्षेत्री परागलाई मन्त्री बनाउने जिम्मा मेरो भयो । ताप्लेजुङ पुर्वको अलिक दुर्गम र विकट जिल्लामा पर्छ यहाँहरुले जिताएर पठाउनुस ताप्लेजुङले मन्त्री पाउँछ ।”

यस्तै राजनीतिक स्थिरताका लागि गठबन्धन गरिएको बताउँदै प्रचण्डले यो गठबन्धन लामो समयसम्म टिकिरहने ठोकुवा गरे । ‘यो गठबन्धन विकास र समृद्धिका लागि गरिएको हो । यो तत्काल भत्किँदैन यो धेरै टाढासम्मको सोचले गरिएको छ’ प्रचण्डले भने– ‘विचारमा यो वा त्यो नभनेर गठबन्धनका सबै उम्मेदवार जिताउनेगरी लाग्नुस् ।’ यो चुनाव अग्रगामी र पश्चगामी बीचको लडाए भएकाले अग्रगामीहरुले चुनाव जित्नै पर्ने प्रचण्डले बताए । साथै उनले प्रदेश सभा सदस्य क का प्रत्यक्ष उम्मेदवार खेम बहादुर वनेमलाई मन्त्री बनाउन माधब कुमार नेपालसँग कुरा गर्ने र प्रदेश ख का प्रत्यक्ष उम्मेदवार खगेन सिंह हांगामलाई मन्त्री बनाउन काँग्रेसका प्रवत्ता डा. प्रकाश सरण महतले बनाउन पहल गर्ने समेत बताएका छन् ।

एक प्रतिनीधि र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा बाम लोकतान्त्रिक गठबन्धन (नेपाली काँग्रेस,माओवादी केन्द्र र एकिकृत समाजवादी)र एमाले बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनीधि सभा तर्फ गठबन्धनले माओवादी केन्द्रका परागलाई अघि सार्दा एमालेले पार्टी सचिव समेत रहेका पुर्व मन्त्री योगेश कुमार भट्टराईलाई अघि सारेको छ ।


प्रतिक्रिया दिनुहोस्