योगश भट्टराईलाई पछि पार्दै माओवादीका बुढाक्षेत्रीको अग्रता

ताप्लेजुङ। ताप्लेजुङमा प्रतिनीधि सभातर्फको मतगणना साँझ ४ः२० बजेबाट सुरु भएको छ । अहिले सम्म गणना भएको १४६३ मत गणनामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खेल प्रसाद बुढाक्षेत्री (पराग)ले अग्रता कायम गरेका छन् । परागले ७५६ मत प्राप्त गर्दा नेकपा एमालेका योगश भट्टराईले ५६२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्् । उनिहरु बिच १९४ को मतान्तर रहेको छ । जसपाको चन्द्र मादेनले ३३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका राम बहादुर कार्कीले ५ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्