५१० मतले बुढाक्षेत्रीको अग्रता


ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनीधितर्फ अहिले सम्म गणना भएको ३,३७२ मत गणनामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खेल प्रसाद बुढाक्षेत्री (पराग)ले अग्रता कायम गरेका छन् । परागले १,७८० मत प्राप्त गर्दा नेकपा एमालेका योगश भट्टराईले १,२७० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् । उनिहरु बिच को मतान्तर ५१० रहेको छ । हालसम्म याङमा,लेलेप,खेजेनीम ,डुम्रिसे,र तेल्लोकको मतगणना सकिएको छ ।

जनता समाजवादी पार्टीका चन्द्र मादेनले ७९ मत,राष्ट्रिय प्रजातन्त्र पार्टीका राम बहादुर कार्कीले १४ मत,चैतन्य प्रकाश मादेनले लोकतान्त्रिक समाजवादी पार्टीले ४ मत,मंगोल नेश्नल अर्गानाईजेसनका बिक्रम लिम्बुले ९मत प्राप्त गरेका छन् । त्यस्तै गरि संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका होम प्रसाद तुम्बाहाम्फे ४५मत , राष्ट्रिय जनमुत्ति पार्टीका ईन्द्र कुमार लिम्बुले १५ मत, समाजवादी पार्टी नेपालका कृष्ण बहादुुर लिम्बुले ४ मत,स्वतन्त्र उम्मेदवार सन्जोहाङ पालुङ्वाले १० मत प्राप्त गरेका छन्। यसै बिच ंअहिले सम्म गणना भएको ३,३७२ मतगणना गर्दा १३२ मत बदर भएको निर्वाचन कार्यलयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्