४,१२१ मतगणना सकिँदा भट्टराईलाई ५५६ मतले पछि पार्दै बुढाक्षेत्रीको अग्रता कायमै

ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनीधितर्फ अहिलेसम्म गणना भएको ४,१२१ मत गणनामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खेल प्रसाद बुढाक्षेत्री (पराग)ले अग्रता कायम गरेका छन् । परागले २,१६१ मत प्राप्त गर्दा नेकपा एमालेका योगश भट्टराईले १६०५ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्् । उनिहरु बिच को मतान्तर ५५६ रहेको छ । हालसम्म याङमा,लेलेप,खेजेनीम ,डुम्रिसे,र तेल्लोक र मिक्वाखोला गाउँपालिका वडा नम्बर १ को मतगणना सकिएको छ ।

जनता समाजवादी पार्टीका चन्द्र मादेनले ८१ मत,राष्ट्रिय प्रजातन्त्र पार्टीका राम बहादुर कार्कीले १६ मत,चैतन्य प्रकाश मादेनले लोकतान्त्रिक समाजवादी पार्टीले ४ मत,मंगोल नेश्नल अर्गानाईजेसनका बिक्रम लिम्बुले ११ मत प्राप्त गरेका छन् । त्यस्तै गरि संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका होम प्रसाद तुम्बाहाम्फे ४७ मत , राष्ट्रिय जनमुत्ति पार्टीका ईन्द्र कुमार लिम्बुले १५ मत, समाजवादी पार्टी नेपालका कृष्ण बहादुुर लिम्बुले ४ मत,स्वतन्त्र उम्मेदवार सन्जोहाङ पालुङ्वाले १० मत र अर्का स्वतन्त्र उम्मेदवार हरि प्रसाद बरालले ३ मत प्राप्त गरेका छन्। यसै बिच अहिले सम्म गणना भएको ४,१२१ मत गणनामा १५४ मत बदर भएको निर्वाचन कार्यलयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्