ताप्लेजुङमा प्रतिनीधि सभातर्फ एमालेका योगेश भट्टराई बिजयी

लोकेन्द्र लिम्बू “लोकेश”
ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनीधि सभातर्पm एमालेका योगेश भट्टराई बिजयी भएका छन् । उनले बाम लोकतान्त्रिक गठबन्धनका खेल प्रसाद बुढाक्षेत्री (पराग) लाई पछि पार्दै विजयी भएका हुन् । भट्टराईले २१,९४६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी बुढाक्षेत्रीले २१,७३८ मत प्राप्त गरेका छन् । यसको निर्वाचन आयोगले औपचारिक घोषण गर्न भने बाँकी रहेको छ ।मंगलबार साँझ ४ः२० बाट सुरु भएको मत गणना दुई स्थानमा राखेर गणना गरिएको थियो ।

आईतबार भएको प्रतिनीधि तथा प्रदेशसभा निर्वाचन २०७९ मा ताप्लेजुङमा स्थायी र अस्थाई दुबै मतदान केन्द्र गरि कुल ४८ हजार ९ सय ७४ मतदाताले मतदान गरेका थिए । एक प्रतिनीधि र प्रदेशसभा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा प्रतिनीधिसभा तर्फ ११ जना उम्मेदवार भएपनि मुख्य रुपमा बाम लोकतान्त्रिक गठबन्धन र एमालेबा बिचनै प्रतिस्पर्धा भएको थियाो ।


प्रतिक्रिया दिनुहोस्