बिरामी हुँदा पालिकाको गाडिमा स्वास्थ्य संस्थासम्म पुगेर उपचार पाउँदा स्थानियबासी खुसि


ताप्लेजुङ । स्थानिय तहको निर्वाचन भएर नयाँ जनप्रतिनीधि चुनिएको करिब सात महिना बिति सक्यो । नेता र नेतृत्व प्रति बितृष्णा जागि रहेको अवस्थामा फत्ताङलुङ गाउँपालिका अध्यक्षले भने आफुले चुनाव ताका गरेका प्रतिवद्धता अनुसार काम गरि रहेका छन् ।

पालिका अध्यक्ष राजन लिम्बु (मुत्ति) ले आफुले पाउने गाडि स्थानिय बिरामी हुँदा स्वास्थ्य संस्थासम्म पु¥याउनका लागि प्रयोग गर्ने घोषणा पत्रमा उल्लेख गरेका थिए । सोहि अनुसार काम गरि रहेका छन् । स्थानियले विगतमा समयमै गाडी नपाएर स्वास्थ्य संस्थासम्म पुग्न नपाउँदै अकालमै ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्न आफुले पाएको गाडि स्थानिय बिरामी हुँदा प्रयोग गरेको पालिका अध्यक्ष लिम्बुले बताए । यसरी पालिकाको गाडि प्रयोग गरेर स्वास्थ्य संस्थासम्म पुगेर उपचार पाउँदा स्थानियले भने खुसि भएका छन् ।

फत्ताङलुङ गाउँपालिका वडा नम्बर ५ तापेथोक कि अनिता लिम्बुको छोरी गत असारमा घर छेउबाट लडिन । तत्काल गाडी पाउने स्थिति थिएन । पालिकाको गाडीबाट सदरमुकामसम्म पुग्न सहज भएकोले नानीको ज्यान बच्न सफल भएको लिम्बुले बताईन ।

यस्तै फत्ताङलुङ गाउँपालिका वडा नम्बर ५ की स्मृति लिम्बुलाई हातको कान्छी औलामा सर्पले टोक्यो । समयमै स्वास्थ्य संस्थामा पुग्न नपाको भए आफ्नो ज्यान नै जाने थियो तर पालिकाको गाडीमा उपचार गर्न पाएर आफु सन्चो भएकोमा खुसि व्यक्त गरिन् ।

त्यस्तै फत्ताङलुङ गाउँपालिका ६ लेलेपको सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत सुस्मिता लिम्बुलाई ग्यास्ट्रिले गरेर अत्याधिक पेट दुखेको थियो । उपचारका लागि स्वास्थ्य संस्थासम्म जान गाडि खोज्दा पाईन्नं । पालिकाको गाडीले अस्पतालसम्म पु¥यायो र उनि अहिले निको भएर नियमित विद्यालय गईरहेकी छन् । उनले आफुलाई उपचार गर्न स्वास्थ्य संस्थासम्म पु¥याउन सहयोग गरेकोमा खुसि हुँदै पालिकालाई धन्यवाद व्यत्त गरिन् ।

त्यस्तै सोही विद्यालयका शिक्षक छत्र बहादुर शाही आफ्नो विद्यालका दुई विधार्थीलाई पालिकाको गाडिमार्फत उद्धार गरेर उपचार गर्न सहयोग गरेकोमा खुसि व्यक्त गरे ।यसरी आफुले पाएको गाडी गाउँपालिकाबासीको हितका निम्ति प्रयोग गर्नु अन्य पालिकाका जनप्रतिनीधिहरुका लागि पनि उदहारणीय कार्य बनेको छ ।


प्रतिक्रिया दिनुहोस्