सुन्तलाले बजार नपाउँदा र झर्ने समस्याले सुन्तला कृषक चिन्तित

लोकेन्द्र लिम्बू “लोकेश”
ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा सामान्यतया पाँच सय पाँच हेक्टर सुन्तला उत्पादनका लागि उर्वबर भुमि रहेको रहेको छ । भने कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार विशेष गरि ३ सय ९० हेक्टर क्षेत्रफलमा सुन्तला राम्रोसँग उत्पादन हुने गर्दछ ।
तर उत्पादित सुन्तलाले बजार नपाउँदा र सुन्तला टिप्न नपाउँदै खस्ने समस्याले सुन्तला कृषक भने चिन्तित भएका छन् । फुङलिङ नगपालिका वडा नम्बर १ का आम्बोटेका बम बहादुर मादेन सुन्तला टिप्ने बेला हुनु अघि नै बोट बाट झरेको र वडाले औषधी वितरण गरेको भएपनि समस्या समाधान नभएको बताए । सुन्तला टिप्नु अघि नै सुन्तला भुँईमा झर्ने र बोट मर्ने समस्या भएकोले आफुहरु मर्कामा परेकोले उन्नत जातको बिरुवा र औषधि वितरण स्थानिय सरकारले गरिदिए सहज हुने उनको भनाई छ ।

त्यस्तै फुङलिङ नगरपालिका वडा नम्बर १ कै कल्पना पोमुको पनि समस्या उस्तै छ । उहाँपनि फलेको सुन्तला झर्ने समस्या रोकथाम गर्न र उत्पादित सुन्तलालाई बजारी करण गर्न व्यवस्था गरिदिए सहज हुने बताईन ।
सोही वडाका सन्तोष सापकोटा पनि उत्पादित सुन्तला बोकेर सदरमुकामसम्म लानुपर्ने भएकोले कठिन भएकोले बजारीकरणमा स्थानिय सरकारले व्यवस्थापन गरिदिए आफुहरुलाई सहज हुने बताउँछन् । साथै उनले बिरुवा पनि सहज रुपमा नपाइएकोले स्थानिय सरकारले पैसा तिरेरै भएपनि विरुवा वितरण गरिदिए आफुहरुलाई सहज भए आफुहरु जस्तो युवाले विदेशीनुपर्ने अवस्था नहुने उनको भनाई छ ।
गत आर्थिक वर्ष २०७८÷७९ मा जिल्ला भरमा तिन हजार २६ दशमलब चार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जुन ७ दशमलब सात छ प्रति हेक्टर उत्पादन हुन आउँछ । जिल्लामा एतिका सुन्तला उत्पादन गर्ने कृषक हुँदापनि सम्बन्धित निकायले भने खासै चासो दिएको पाईएको छैन् ।


प्रतिक्रिया दिनुहोस्