नेपाल जेसिजको अध्यक्षमा काभ्रे जेसिजका विकास मानन्धर बिजयी

एलिना बत्स
काठमाडौं । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा काभ्रे जेसिजका विकास मानन्धर बिजयी भएका छन । शनिबार भएको मतदानमा ५९५ मत प्राप्त गर्दै मानन्धर राष्ट्रिय अध्यक्षमा बिजयी भएका हुन ।

उनका प्रतिस्पर्धीहरु रबिन पोख्रेलले २९७, सुमन कृष्ण श्रेष्ठले २५०, साथै दिपेन्द्र निरौलाले ५९ मत प्राप्त गरेका छ्न । सन २००९मा काभ्रेबाट जेसिजमा प्रवेश गरेका मानन्धर यश अघि नै २०१७ मा राष्ट्रिय उपाध्यक्ष, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष २०१८ साथै २०२० मा राष्ट्रिय महासचिव भएर आफ्नो जिम्मेवारी पूरा गरिसकेका छ्न ।

२०१९ बाट राष्ट्रिय अध्यक्षको रुपमा उम्मेदवारी दिन सुरु गरेका मानन्धर तेस्रो पटकको प्रतिस्पर्धा बिजयी भएका हुन । यश पटक जेसिज यात्राकै क्रममा आफ्ना पिता गुमाएका मानन्धर पिताको शोक बोकेर सेतै कपडामा चुनावी मैदानमा होमिएका थिए ।

जेसिजको ४९ औं महाधिवेशन गत पुष ७ गतेबाट बिरगंजमा जारी रहेको छ।


प्रतिक्रिया दिनुहोस्