ख्रीष्टमस उत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

ताप्लेजुङ । ख्रीष्टमस उत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ५ को ख्रीष्टिय वत्तिस मण्डलीमा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो । 

ताप्लेजुङ ख्रिष्टियन वत्तिस मण्डलीको आयोजनामा आइतबार भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाको उपस्थित रहेको थियो । यस्तै विष्टि अतिथिमा फुङलिङ नगरपालिकाको उपमेयर भिमा देवी ओझा सँगै मेरिङ्देन गाउँपालिकाको अध्यक्ष डम्बर हाङ्गाम सहित पास्टरहरु साथै विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा पास्टर धनबिक्रम इवारामले प्रवचन पनि दिएका थिए । प्रभु येशू ख्रीष्टको जन्म उत्सवको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको ख्रीष्टिय वत्तिस मण्डलीले जनाएको छ  । हरेक बर्ष डिसेम्बर २५ र नेपालीमा पौष १० गतेलाई ख्रीष्टमस पर्वको रुपमा मनाउने गरिन्छ । 

ख्रीष्टमस इसाईहरूको एक महान् पर्वको रुपमा चिनिन्छ । येशूको जन्मोत्सवको रुपमा ख्रीष्टमसलाई मनाउने गरिन्छ । येशूलाई संसारको ज्योति भनेर चिनिन्छ ।


प्रतिक्रिया दिनुहोस्