पाथिभरा मजदुर संघ गठन, सम्पूर्ण मजदुरहरूलाई गोलबद्ध गर्ने 

ताप्लेजुङ । पाथिभरा मजदुर संघ गठन भएको छ । सन्तोष विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । 

जसमा उपाध्यक्षमा बिर्ख शेर्पा रहेका छन् भने, कोषाध्यक्षमा गोमा देवी विश्वकर्मा रहेका छन् । सचिवमा वाबु विष्ट र सहसचिवमा सन्तोष निम्बू रहेको अध्यक्ष सन्तोष विश्वकर्माले जानकारी दिएका छन् ।

यस्तै सदस्यहरूमा क्रमश विकास राज वंशी, विरेश तामाङ, टेकराज घिमिरे, प्रदिप शेर्पा, फडेन्द्र कार्की, नरेश सुनुवार, भुपेश सुनाम, प्रेम, गजविर शेर्पा, साङगे शेर्पा, सुरेश राई र विश्व बहादुर शेर्पा रहेका छन् ।

सल्लाहकार सदस्यहरुमा खेमनाथ पोखरेल, विरेन्द्र उपरकोटी र सन्तोष तोलाङ रहेको छ । उक्त नव गठित कार्य समितिको बैठकले ताप्लेजुङ जिल्ला भरि छहरिएर बसेका सम्पूर्ण मजदुरहरूलाई गोलबद्ध गरी संस्थालाई मजबुदसाथ विस्तार गर्ने निर्णयसहित दर्ता प्रक्रिया अगाडि बढाउने प्रस्ताव पारित गरिएको छ । 

सन्तोष विश्वकर्माको अध्यक्षतामा फुङलिङ नगरपालिका वडा नं. २ स्थित जनजाति भवनमा सम्पन्न भएको सम्पन्न भएको बैठकको प्रमुख अतिथिको रुपमा घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख युवराज घोसाईको उपस्थित रहेको थियो । 
 


प्रतिक्रिया दिनुहोस्