ताप्लेजुङबाट निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिदै सिरिजङ्घा सरोकार समाज

काठमाडौं । सिरिजङ्घा सरोकार समाज नेपालले ताप्लेजुङ जिल्लाबाट निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिने भएको छ । 

समाजले ताप्लेजुङ जिल्लाबाट निर्वाचित भएका सांसदहरू सँगै सिरिजङ्घामा जन्म भई विभिन्न ठाउँबाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सांसदहरू, मन्त्रीहरू तथा यस क्षेत्रबाट विभिन्न पेशा, व्यवसाय, सरकारी सेवामा रहेका व्यक्तित्वहरूलाई बधाई दिन कार्यक्रमको आयोजना गर्ने भएको हो । 

कार्यक्रम शनिबार दिनको ११ बजेबाट सामाजिक विकास समाजको सभाहल अनामनगरको बाजेको सेकुवादेखि भित्र जाने बाटो काठमाडौंमा हुने सिरिजङ्घा सरोकार समाज नेपालका अध्यक्ष हरिचन्द्र भट्टराई जानकारी दिएका छ । 

कार्यक्रममा सिरिजङ्घा गाउँपालिकाको विकास निर्माणका लागि अहोरात्र खटिरहने कम्पनी, फर्म, सङ्घसंस्थाहरूलाई पनि सम्मान गरिने भट्टराईले बताए ।


प्रतिक्रिया दिनुहोस्