सुकिलुम्बा विमानस्थलमा माघ १ गतेबाट नेपाल वायु सेवा निगमले उडान गर्ने

इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा माघ १ गतेदेखि नेपाल वायु सेवा निगमले उडान गर्ने निश्चित भएको छ । साताको एकपटक काठमाडौं–इलाम–काठमाडौं उडान हुने भएको हो ।

इलामको पर्यटन प्रवर्द्धनका लागि निगमले तत्काललाई साताको एकपटक उडान गर्न लागेको इलाम नगरपालिकाले जनाएको छ । यात्रुका लागि टिकट बुकिङ खुला गरिएको छ । इलाम सिटीमार्टको पहिलो तलाको (ख) २३ नम्वरको सटरमा बिहान ११ बजेदेखि ३ बजेसम्म टिकट उपलब्ध हुने जनाइएको छ ।

१९ सिटे ट्वीनअटर विमानले यात्रुलाई गन्तव्यमा पुर्याउने छ । भाडा दर ७ हजार ७८५ राखिएको छ । निगमको इलाम स्टेसनका इन्चार्ज दिनेश सुन्दासका अनुसार उडानमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई टिकट शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्