पालिकाले एमबिबिएस डाक्टर नियुक्ति गरेपछि स्थानीयलाई उपचारमा सहज

ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले पालिकाको २ नम्बर वडा स्थित प्राथमिक स्वास्थ्य केन्द्र मेडिकल अधिकृत एमविविएस डाक्टर नियुत्ति गरेको छ । गाउँपालिकाबासीलाई उपचारमा सहज होस भन्ने उद्देश्यका साथ पालिकाले डाक्टर नवराज चापागाईँलाई नियुत्त गरेको हो ।

हाल १५ शैयाको निर्माणाधीन आधारभुत अस्पतालमा डाक्टर नियुक्ति भएसँगै पालिकाबासीले अब पालिका भित्रै विशेषज्ञ बाहेकका सबै सेवा प्राथमिक स्वास्थ्य संस्था ढुङ्गेसाघुबाट नै प्राप्त गर्नेछन्

साथै आठराई त्रिवेणी गाउँपालिका,मेरिङदेन गाउँपालिकाका सर्वसाधारणलाई पनि उपचारमा अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताए । यस अघि सामान्य बिरामी पर्दा स्थानीयले महँगो रकम तिरेर सदरमुकाम फुङलिङ सहित जिल्ला बाहिर जानु पर्ने अवस्था थियो ।


प्रतिक्रिया दिनुहोस्