ताप्लेजुङको पहिलो सामुदायिक रेडियो तमोर १६औं वर्षमा प्रवेश, मनायो वार्षिक उत्सव 

ताप्लेजुङ । जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो तमोर १०२ मेगाहर्ज आजबाट १५औं वर्ष पार गरी १६औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०६४ साल माघ १४ गते स्थापना भएको जिल्लाको पहिलो सामुदायिक रेडियो आजबाट १६औं वर्षमा प्रवेश गरेको हो । 

यसै अवसरमा आज रेडियोले वार्षिक उत्सव मनाएको छ । ताप्लेजुङका पत्रकारहरू साथै अन्य दुई रेडियोका पत्रकारहरूको उपस्थितिमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो । 

शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा ताप्लेजुङका अध्यक्ष आनन्द गौतम, नेपाल पत्रकार महासंघ जिल्ला शाखा ताप्लेजुङका पूर्व अध्यक्ष तथा उज्यालो पोष्ट ताप्लेजुङका सम्पादक खगेन्द्र अधिकारी, उज्यालो पोष्ट ताप्लेजुङका प्रकाशक तथा गोरखा पत्रिकाका जिल्ला सम्वाददाता प्रयास लिम्बू लगायत रेडियो तमोरका कर्मचारी, अन्य दुई रेडियोहरू रेडियो ताप्लेजुङ, रेडियो काबेली साथै पत्रकारहरूको उपस्थिति रहेको थियो । 

१५औं वर्ष पार गरी १६औं वर्षमा प्रवेश गरेकोमा रेडियो तमोर १०२ मोगाहर्ज परिवारलाई रेडियो काबेली ९५.८ मेगाहर्जको तर्फबा उन्नति प्रगति सँगै सफलताको शुभकामना !


प्रतिक्रिया दिनुहोस्