एचपिएफको जिल्लास्तरीय परीयोजना सल्लाहकारको बैठक तथा सामाजिक लेखा परिक्षण सम्पन्न

ताप्लेजुङ । मुख्य रुपमा गुणस्तरीय शिक्षा र उधमशीलताको क्षेत्रमा काम गरि रहेको गैर सरकारी संस्था ह्युमन प्राक्टिस फाउन्डेसन (एचपिएप)ले जिल्ला स्तरीय परीयोजना सल्लाहकार समितिको बैठक तथा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार सदरमुकाम फुङलिङमा फाउन्डेसनले जिल्लास्तरीय परीयोजना सल्लाहकार समितिको बैठक तथा सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा हालसम्म फाउन्डेशनले गरेका गतिविधिका विषयमा टिम लिडर अमित श्रेष्ठले प्रस्टाएका थिए । श्रेष्ठका अनुसार फाउन्डेशनले ताप्लेजुङ जिल्लामा विद्यालय पुर्वाधार,गुणस्तरीय शिक्षा,स्वास्थ्य र पोषण साथै लघु उद्यम विकासको क्षेत्रमा काम गरिरहेको छ । फाउन्डेशनले विद्यालय पुर्वाधार कार्यक्रम अन्तरगत हालसम्म ४४ वटा विद्यालय भवन निर्माण सम्पन्न गरि सकेको छ भने ८ वटा भवन निर्माणाधिन र ३ वटा भवन निर्माणको शुरुवाती चरणमा रहेका छन् । त्यस्तै गरि विद्यालयको सौचालय ३६ वटा निर्माण सम्पन्न भईसकेको छ भने ४ वटा निर्माणाधिन अवस्थामा रहेका छन् भने जिल्लाभरका विभिन्न विद्यालयमा स्वस्च्छ खानेपानीको लागि हालसम्म ५ वटा धारा निर्माण सम्पन्न भईसकेका छन् । त्यस्तै २ वटा धारा निर्माणाधिन अवस्थामा र निर्माण गर्न सुरुवाती चरणमा २ वटा धारा रहेका छन् ।

प्रस्तुत गरिएको तथ्याङ्क अनुसार फाउन्डेशले जिल्लामा विद्यालय पुर्वाधार कार्यक्रमका लागि १६ करोड २१ लाख ४३ हजार ४ सय ६६ रुपैँया बजेट मध्ये १५ करोड २६ लाख ६५ हजार ९ सय २४ रुपैँया खर्च गरेको छ भने ९४ लाख ७७ हजार ५ सय ४१ रुपैँया खर्च गर्न बाँकी रहेको छ । त्यस्तै विद्यालय सुविधा कार्यक्रम अन्तरगत ५ करोड ८५ लाख ७५ हजार बजेट मध्ये ५ करोड २० लाख ३९ हजार ९सय ४८ रुपैँया खर्च गरेको छ भने ६५ हजार ३५ हजार ५२ रुपैँया खर्च गर्न बाँकी रहेकोे छ ।

गुणस्तरीय शिक्षा कार्यक्रम अन्तरगत फाउन्डेशनले १२ करोड ८३ लाख ३ हजार एक सय ६९ रुपैँया बजेट मध्ये ५ करोड ६१ लाख २ सय ५४ रुपैँया खर्च गरेको छ भने ६ करोड ४७ लाख ३२ हजार ९ सय १४ रुपैँया खर्च गर्न बाँकी रहेको छ । त्यस्तै उद्दमशिलता कार्यक्रम अन्तरगत ५५लाख ७५ हजार बजेट रहेकोमा ८८ लाख ५३ हजार ७१ रुपैँया खर्च गरेको यस कार्यक्रममा फाउन्डेशले ३२ लाख ७८ हजार ७१ रुपैँया बढि खर्च गरेको छ ।

स्वास्थ्य पोषण कार्यक्रममा २ करोड २० लाख बजेट मध्ये १ करोड ५९ लाख १३ हजार ४ सय २२ रुपैँया खर्च गरेको छ भने ६० लाख ८६ हजार ५ सय ७७ रुपैँया खर्च गर्न बाँकी रहेको छ ।

त्यस्तै फाउन्डेशनले प्रशासनिक खर्च तर्फ ६ करोड २३ लाख ८४ हजार ४ सय ४ रुपैँया मध्ये ४ करोड ३ लाख ५९ हजार ५ सय ३९ रुपैँया खर्च गरेको छ भने २ करोड २० लाख २४ हजार ८ सय ६४ रुपैँया खर्च गर्न बाँकी रहेको छ ।

फाउन्डेशनले जिल्लाको एक नगरपालिका र आठ गाउँपालिका सहित नौ स्थानिय तहमा गुणस्तरीय शिक्षा र उद्यमशिलता विकास अन्तरगत विभिन्न कार्यक्रम अन्तरगत ४२ करोड १५ लाख ११ हजार ३९ रुपैँया बजेट मध्ये ३२ करोड ५९ लाख ३२ हजार एक सय ६० रुपैँया खर्च गरेको छ भने ९ करोड ५५ लाख ७८ हजार ८ सय ७९ रुपैँया रकम खर्च गर्न बाँकी रहेको टिम लिडर श्रेष्ठले प्रस्तुत गरेको तथ्याङ्कका उल्लेख रहको थियो ।

कार्यक्रममा टिम लिडर श्रेष्ठको कार्य प्रगति र आर्थिक विवरण सहित नमुना विद्यालयको रुपमा रहेको भानु माविमा फाउन्डेशनले निर्माण गरि रहेको आईटी एकेडेमीका मुख्य डोनर वल्डेमर स्मिथले समेत फाउडेशने निर्माण गरिरहेको आईटी एकेडेमीले जिल्लाबासीको जिवन स्तर उकास्न सहयोग गर्ने बताए । साथै स्मिथले यस्तो आईटी एकेडेमीले नेपालमा मात्रै नभई विश्व सामु नै जिल्लाको पहिचान बनाउन र जिल्लाबासीले आईटीको प्रयोग गरेर आय आर्जन गर्न सक्ने बताए ।

कार्यक्रममा जिल्लाका पालिकाका प्रमुख,विद्यालयका प्रध्यानध्यापक,विद्यालय व्यवस्थापन समिति अध्यक्ष ,शिक्षक विधार्थी साथै संचारकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रममा फाउन्डेशनले गुणस्तरीय शिक्षा र उद्दमशीलताको क्षेत्रमा एकदमै राम्रो काम गरि रहेकोमा वत्ताहरुले खुसि व्यक्त गरेका थिए भने परियोजना सम्झौता समय २१ फ्रेब्रअरी २०२७ मा सकिने विषयम यसको अवधि बढाएर भएपनि गुणस्तरीय शिक्षाको क्षेत्रमा काम गर्न सुझाब दिएका थिए ।

पढ्न लेख्न सक्नु मात्रै शिक्षा नभएकोले व्यवहारीक र प्रविधिमैत्रि साथै उद्दमशिलता सम्वन्धि शिक्षामा ध्यान दिनुपर्ने कुरामा वक्ताहरुले जोड दिएका थिए । फाउन्डेशनका कन्ट्री मेनजर शिव बहादुर रायमाझीले गुणस्तरीय शिक्षाको क्षेत्रमा स्थानिय तह साथै सरोकारवाला निकायसँग छलफल र सहकार्य गर्न फाउन्डेशन तयार रहेको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्