काबेलीकर्मी लिम्बु पुरस्कृत


ताप्लेजुुङ । ताप्लेजुङ जिल्लाबाट सञ्चालित रेडियो काबेली ९५.८ मेगाहर्जमा कार्यरत साहारा लिम्बु पुरस्कृत भएकी छन् । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा ताप्लेजुङले लिम्बुलाई १० हजार १ सय ५ रुपैँया राशीको जयमति–कर्णबहादुर पत्रकारीता पुरस्कार २०७८ बाट पुरस्कृत गरेको हो । संचार क्षेत्रमा रहेर समाजमा योगदान गरे बापत लिम्बुलाई सम्मान गरिएको प्रेस चौतारीले जनाएको छ । कोरोना संक्रमणका कारणले गर्दा २०७८ सालमा प्रदान गर्न नसकिएको पुरस्कार यस वर्ष वितरण गरिएको चौतारीका सचिव तेन्जिङ शेर्पाले बताए ।

प्रेस चौतारी ताप्लेजुङले लामो समय देखि सञ्चार क्षेत्रमा रहेर समाज परिवर्तन गर्न महत्वपुर्ण योगदान पु¥याएको भन्दै लिम्बु सहित अन्य तिन जना पत्रकारलाई पुरस्कृत गरेको छ । १० हजार १ सय ५ रुपैँया राशीको अग्नि प्रसाद–भीमादेवी पत्रकारीता पुरस्कारबाट बिजनेस जर्नलमा कार्यरत पत्रकार पुर्ण कार्कीलाई,त्यस्तै समान राशीको प्रेस चौतारी नेपाल पत्रकारीता पुरस्कारबाट राष्ट्रिय समाचार समिति तथा ईमेज खबरका जिल्ला संवाददाता सन्तोष पुर्कटी पुरस्कृत भएका छन् । भने यस वर्षको १० हजार १ सय ५ रुपैँया राशीको जयमति–कर्णबहादुर पत्रकारीता पुरस्कार २०७९ बाट रेडियो ताप्लेजुङमा कार्यरत किरण गदाईली पुरस्कृत भएका छन् ।

कार्यक्रममा प्रतिनीधि सभा सदस्य एवम् एमाले सचिव योगेश भट्टराई, प्रदेश एकका खानेपानी सिँचाई तथा उर्जामन्त्री मेन्याङबो लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्