यो सरकार पाँच वर्ष अघि बढ्ने छ : योगेश भट्टराई 

साहारा लङ्वा लिम्बू
ताप्लेजुङ ।
प्रतिनिधि सभा सदस्य एव नेकपा एमालेका सचिव योगेश भट्टराईले यो सरकारले प्रतिनिधि सभालाई पाँच वर्ष सञ्चालन गर्ने बताएका छन् । प्रेस चौतारीको २५औं स्थापना दिवसको अवसरमा ताप्लेजुङमा आयोजित भएको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहेका भट्टराईले यो नयाँ सरकारले संसद्लाई पाँच वर्ष टिकाउने र पाँच वर्ष सरकार चलाउने बताए । 

पौष १० गते भएका राजनीतिक सहमतिको आधारमा मुख्य दुईवटा दल यो सरकारमा सामेल भएको भन्दै उनले भने, ‘जुन शक्ति बाँडफाँडको एउटा प्रारम्भिक सहमति हामिले गरेका छौं त्यो सहमति प्रति अडिक रहँदै यो सरकार पाँच बर्ष अगाडि बढ्ने छ ।’ नयाँ सरकारले विगतमा गलत बाटोमा हिँडिरहेको सत्ता गठबन्धनलाई सही बाटोमा फर्काउनले कोसिस गरेको उनले बताए । 

यो सरकारले आफ्ना न्यूनतम साझा कार्यक्रमहरू सार्वजनिक गरेको बताउँदै त्यसमा मूलतः सुशासन र भष्ट्राचार मुक्त समाज निर्माणमा नेकपा एमालेको जोड रहने बताए । उनले भने, ‘विकास निर्माणका कुराहरूमा हाम्रो जोड रहने छ र जनतालाई दिने सेवा प्रवाहमा चुस्त गुणस्तर रहने साथै साधारण खर्च कटौतीमा जोड रहने छ ।’ 

साधारण खर्चलाई कतौटी गर्दै विकास खर्चलाई बढोत्तरी गर्ने उनले बताए । प्रदेशमा नयाँ सरकारले गरेको मन्त्री कटौतीको उदाहरण दिदै उनले भने, ‘विगतमा प्रदेशमा ठुल्ठुला मन्त्री मण्डलहरु बनेका थिए हामिले त्यसलाई उल्लेख्य मात्रामा घटाएका छौं । र यसले मात्रै प्रतिनिधि सभामा मन्त्रीहरुको सङ्ख्याहरू घटाएर मात्रै वार्षिक झण्डै साढे २ अर्ब जति साधारण खर्च कटौती गरेका छौं ।’ अब सबै मन्त्रालय र निकायहरूमा पनि साधारण खर्च कटौती गर्ने अभिभारा यो सरकारमा रहेको बताएका छन् । 

लोकतान्त्रीक व्यवस्थामा शक्ति सन्तुलनका साथसाथै जनस्थरबाट राज्यका तीनवटा अङ्ग न्यायपालिका व्यवस्थापिका र कार्यपालिकालाई खबरदारी गर्नेमा प्रेसको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले भने, ‘दुई वटा आँखाले नदेखेका कुरालाई देख्न सक्ने विशिष्ट अंग प्रेस तेस्रो आँखा हो ।’ यो सँगै बहुदलीय अवस्थामा सञ्चार क्षेत्रको भूमिका बढ्दै गएको पनि उनले बताए । 
 


प्रतिक्रिया दिनुहोस्