मुलुक परिवर्तन गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ : मन्त्री मेन्याङबो 

साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । प्रदेश १ सरकारका खानेपानी सिंचाई तथा उर्जा मन्त्री तथा एमाले पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वोले मुलुक परिवर्तन गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसरमा ताप्लेजुङमा आयोजित भएको कार्यक्रमलाई सम्बोधन गर्दै राजनीति आन्दोलनमा र राजनीतिक परिवर्तन गर्न सञ्चारको ठुलो भूमिका रहेको बताएका हुन् । 

अब पत्रकारितामा अलिक फरक तरिकाले कलम चलाउनु पर्ने उनले बताए । उनले भने, ‘मुलुकलाई समृद्धि बनाउन अघि बढेका छौं हिजो भन्दा अलिक फरक ढङ्गले कलम चलाउनु पर्छ ।’ देशका तिन तहका सरकारले गरेका राम्रो कार्यलाई जनतासम्म पु¥याउन र नराम्रो कार्यलाई पनि जनतासम्म पु¥याइ खबरदारी गर्नमा पत्रकारहरूले भूमिका निर्वाह गर्नु पर्ने बताएका छन् ।

अहिले नकरात्मक कुराहरूको उजागरण भएको भन्दै यस्ता कुराहरूको अन्त्य गरी सत्य तथ्यलाई बाहिर ल्याउन जरुरी रहेको बताए । साथै प्रदेश एक र ताप्लेजुङ जिल्लाका हितका लागि सकेसम्म आफूले पहल कदमी अघि बढाइरहने पनि बताए ।  आफूले पदभार ग्रहण गर्दा गरेको निर्णयलाई स्मरण गर्दै उनले भने ‘बृहत्त बिराट विकास क्षेत्रका बिभिन्न शहरहरूमा विद्युतीय सवारी साधन चार्ज गर्नका लागि द्रुत चार्जिङ स्टेसन स्थापना गर्ने पहिलो निर्णय गरेको छु ।’ 

मन्त्रालयले चालू आर्थिक वर्षका लागि द्रुत विद्युतीय चार्जिङ स्टेसन निर्माणका लागि १ करोड रुपैयाँ बिनियोजन गरेको छ । यहीँ रकमको परिचालन गरी द्रुत विद्युतीय चार्जिङ स्टेसन स्थापना गर्ने पहिलो निर्णय उनले गरेका हुन् । पेट्रोलियम पदार्थ र एलपी ग्यासको प्रयोगलाई क्रमशः बिस्थापन गरी विद्युतीय चुल्हो प्रयोग गर्न प्रोत्साहनसहित उक्त कदमलाई अघि बढाएको उनले बताए । 


प्रतिक्रिया दिनुहोस्