सुचिन्दा श्रेष्ठको “तिमी मेरो“ को छायाँकन सम्पन्न

ताप्लेजुङ । सुचिन्दा श्रेष्ठ र गायक ÷ संगीतकार अमन प्रधानले आवाज भरेको गित “तिमी मेरो” बोलको म्युजिक भिडियो छायाँकन सम्पन्न भएको छ । म्युजिक भिडियोमा गायिका श्रेष्ठ र मोडल तथा नायक संजीव थेबेलाई फिचर गरिएको छ ।

युवा पुस्ताको प्रेममा आधारीत गितको भिडियोलाई पछिल्लो समय लोकप्रिय गीतहरु निर्देशन गरिरहेका राजेशपोमु राईको निर्देशन गरेका छन् ।

भिडियोको उत्पादन प्रबन्धकको जिम्मेवारी दिपेन माईकलको छ भने, उत्सव दाहालले सिनेमेटोग्राफरको भुमिका निर्वाह गरेका छन । म्युजिक भिडियोलाई काठमाडौंका विभिन्न ७,८ स्थानमा ३ रात लगाएर छायांकन गरेको दिपेन माईकल बताउँछन् ।

ताप्लेजुङको सिनाममा जन्मिएर हाल हङकङ बसोबास गर्दै आएका समाजसेवी वसन्त थेबेले गीतको अडियो अत्यन्तै मन पराएर भिडियो निर्माणको लागि लाग्ने सम्पुर्ण लगानी गरेको वसन्त थेबे स्वयं बताउँछन।

थेबेले नेपाली गीत संगीतको उत्थानका हेतुले बर्षमा एक, दुई वटा गीतको भिडियो निर्माण गरिरहेका छन् ।

नेपाली कथानक चलचित्र “शान्ति“ को निर्माण गरिसकेका थेबे नेपालमा बिपद आईलाग्दा र आफ्नो गाउँघरमा दुख पर्दा सदैव सहयोग गर्न पनि उत्तिकै लागि पर्दै आएका छन् ।

उक्त गीत, वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दरचना, अमन प्रधानको संगीत, राहुल प्रधानको संगीत सम्योजन तथा मिक्स÷माष्टर, बि–माईनर स्टुडियोमा रेकर्डिङको काम सम्पन्न भएको थियो ।

“तिमी मेरो“ बोलको यो म्युजिक भिडियो चाडै भावसागर ईन्टर्टेन्मेन्ट युट्य्ब च्यानल र विभिन्न अडियो प्लेट्फर्महरुबाट आम श्रोता माझ पुर्याईने गीतकार अम्बिका गुरुङले बताएकी छन् ।

यसअघि गायिका सुचिन्दा श्रेष्ठको पहिलो गीत “एक चोटि आईदेउन“ मा मोडल सन्जिव थेबे र सृष्टि खड्काले फिचर गरेका थिए भने सो भिडियो को निर्देशन निशान घिमिरेले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्