फत्ताङलुङ गाउँपालिकामा ९ दिने निशुल्क आँखा शिविर हुँदै, शिबिरमा नेत्र रोेग विषेशज्ञ डा. सन्दुक रुईतको टोलीले उपचार गर्ने


ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिकामा निशुल्क आँखा शिविर हुने भएको छ । गाउँपालिकाको आयोजना र तिलगंगा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा ९ दिने निशुल्क आँखा शिविर हुन लागेको हो ।
यहि फागुन ८ गते देखि सुरु हुने शिविरको पहिलो दिन घुन्सा स्वास्य चौकी घुन्सा, फागुन ११ गते ओलाङचुङगोला स्वास्थ्य चौकी,ओलाङचुङगोला,फागुन १३ गते हान्द्रुङ टार,हान्द्रुङ, १४ र १५ गते छिरुवा ग्राउण,छिरुवा, १६ र १७ गते सिंवा स्वास्थ्य चौकी सिंवा बजार, १९ र २० गते तापेथोकमा शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

पालिकाका ६ स्थानमा सञ्चालन भएको शिविरमा आँखा जाँच गरि सामान्य प्रकृतिका विरामीको उपचार गरिने छ भने मोतियाविन्दु र जटिल प्रकृतिका समस्या भएका विरामीहरुको भने पालिकाको केन्द्र तापेथोकमा २० र २१ गते हुने शिबिरमा शल्यक्रिया गरिने गाँउपालिकाका अध्यक्ष राजन लिम्बु (मुक्ति) जानकारी दिए ।

पालिका अध्यक्ष लिम्बुका अनुसार पालिकाको केन्द्र तापेथोकको सरस्वति माध्यमिक विद्यालयमा हुने शिबिरमा आँखा उपचारमा विशेष योगदान गरे बापत ईसा अर्वाड प्राप्त गरेसकेका तिलगंगा आँखा अस्पताल काठमाडौंका वरिष्ठ नेत्र रोेग विषेशज्ञ डा. सन्दुक रुईत सहितको टोलीले उपचार गर्ने छन् ।

शिविरका बिषयमा थप जानकारि लिनुपरेमा गाउँपालिकाको कार्ययल,सम्वन्धित बडाका अध्यक्षसँग सम्पर्क गर्न पालिकाले सर्वसाधरणहरुलाइ आग्रह समेत गरेको छ ।

साथै फत्ताङलुङ गाउँपालिकामा शिविर सञ्चालन हुने भएपनि ताप्लेजुङ जिल्लाको अन्य पालिकाका विरामीले समेत अवसरको सदुपयोग गर्न पालिका अध्यक्ष लिम्बुले आग्रह गरेका छन् । शिविरमा आउने विरामीले कुनैपनि शुल्न तिर्नु नपर्ने साथै विरामीलाई पालिकाले खानाको व्यवस्था गरेको छ भने यातायातको लागि भने विरामी स्वयम नै जिम्मेवार हुने अध्यक्ष लिम्बुले बताए ।


प्रतिक्रिया दिनुहोस्