ताप्लेजुङमा एकिकृत समाजवादीसँग सम्वद्ध विभिन्न तिन नयाँ कार्य समिति चयन

ताप्लेजुङ । ताप्लेजुङमा एकिकृत समाजवादी पार्टी (एस) सँग सम्वद्ध विभिन्न तिन नयाँ कार्य समिति चयन भएको छ । शनिबार सदरमुकाम फुङलिङमा एक कार्यक्रमको आयोजना गर्दै समाजवादीले पेशागत महासंघ,एकिकृत सरकारी कर्मचारी संगठन,नेपाल र प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन गरेर तिन संगठनको नयाँ कार्य समितिको चयन गरेको हो ।

पेशागत महासंघको अध्यक्षमा मुकुन्द भट्टराई,उपाध्यक्षमा गंगा नाल्बो,महा–सचिवमा लेखनाथ भट्टराई,सचिवमा कमल लाम्गादे, सह–सचिवमा दिल बहादुर वि.क र कोषाध्यक्षमा मञ्जु राई सहित १६ सदस्यि नयाँ समिति चयन भएको छ । सो समिति केन्द्रिय प्रतिनीधि कमल भट्टराई र संगिता राई साथै प्रदेश प्रतिनीधि शम्भु श्रेष्ठ,प्रकाश गुरुङ,दिपक भण्डारी,सावित्रा श्रेष्ठ र मनिता भट्टराईको उपस्थितिमा चयन भएको हो ।

त्यस्तै एकिकृत सरकारी कर्मचारी संगठन नेपालतर्फ अध्यक्षमा प्रकाश गुरुङ,उपाध्यक्ष खुल्लामा गंगा नाल्बो,उपाध्यक्ष महिलामा संगीता राई,सचिवमा मनिता भट्टराई,कोषाध्यक्षमा सुरेन्द्र नाल्बो सहित ११ सदस्यि नयाँ समिति चयन गरेको छ । सो समिति केन्द्रिय प्रतिनीधि गुरागाईँ र मञ्जु राई तथा प्रदेश प्रतिनीधि शम्भु श्रेष्ठको उपस्थितिमा चयन भएको हो ।

त्यस्तै गरि प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनतर्फ अध्यक्षमा कमल भट्टराई,उपाध्यक्षमा मोहन सिंह साम्मेखाम र संगीता घिमिरे, सचिवमा वनजावी ओख्राबु,सह–सचिवमा हरि तामाङ र कोषाध्यक्षमा दिपक भण्डारी सहित १५ सदस्यि नयाँ समिति चयन भएको छ । सो समिति केन्द्रिय प्रतिनीधि शान्तिराम नेपाल,शान्ता योङहाङ र अम्बिका हाङबाङ साथै प्रदेश प्रतिनीधि कमल पौडेलको उपस्थितिमा भएको हो ।

पेशागत महासंघ का अध्यक्ष शान्तिराम नेपालको अध्यक्षतामा भएको कार्यक्रममा एकिकृत सरकारी कर्मचारी संगठन,नेपालका केन्द्रिय सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख चेतनाथ न्यौपानेको प्रमुख आतिथ्यता,नेकपा एसका केन्द्रिय सदस्य अम्बिका राजभण्डारी, प्रगतिशिल शिक्षक संगठन,नेपालका केन्द्रिय सदस्य नेत्र नेपालीको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै गरि समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय उपाध्यक्ष तिर्थ सिग्देल लगायत केन्द्रिय,प्रदेश तथा जिल्लाका विशिष्ट व्यक्तित्वको कार्यक्रममा आतिथ्यतामा रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्