नेपाली चलचित्र ‘छक्का पन्जा ४’ फागुन १९ गते नेपालसँगै एक साथ मध्यपूर्वमा पनि प्रर्दशनी हुने

काठमाण्डौ । नेपाली फिल्मलाई मध्यपूर्वका ६ वटा मुलुकमा एकसाथ रिलिज गर्न चलचित्र बिकास बोर्र्र्र्ड र वितरक रमेश ढकाल बीच सम्झौता भए संगै चलचित्र ‘छक्का पन्जा ४’ फागुन १९ गते नेपालसँगै एक साथ मध्यपूर्वमा पनि प्रर्दशनी हुने भएको छ ।

चलचित्र विकास बोर्डले काठमाण्डौमा आयोजना गरेको नेपाल फिल्म फेस्टको समापनमा निप फिल्ममा प्रोपाइटर रमेश ढकाल र बोर्ड अध्यक्ष भुवन केसीबीच मध्यपूर्वमा नेपालसँगै एकसाथ चलचित्र प्रदर्शन गर्ने लिखित सहमति भएको थियो ।

रोजगारीको सिलसिलामा मध्यपूर्वमा रहेका नेपाली चलचित्रप्रेमीलाई लक्षित गर्दै मध्यपूर्वका ६ देशका मुख्यमुख्य शहरका बिभिन्न पाँच दर्जन पर्दामा नेपाली कथानक चलचित्र ‘छक्का पन्जा ४’ एकैसाथ प्रदर्शन हुने वितरक रमेश ढकालले जानकारी दिएका छन् ।

हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय रहेको छ । फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्।

नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन्।

आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुँदैछ।


प्रतिक्रिया दिनुहोस्