७३ औं प्रजातन्त्र दिवस ताप्लेजुङमा पनि मनाईयो

ताप्लेजुङ । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी देशैभर मनाइँदैछ । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । यसैबिच ७३ औँ प्रजातन्त्र दिवस ताप्लेजुङमा पनि मनाईएको छ । ताप्लेजुङको फुङलिङ नगपालिका ३ हेलिप्याड गेट नजिकै रहेको पुरानो राष्ट्रिय झन्डा परिर्वत गर्दै नयाँ झन्डा राखेर मनाईएको हो ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नगर प्रमुख अमिर मादेनले बिभिन्न आन्दोलन पछि देशमा प्रजातन्त्रको बहाली भएको र जनताले निर्वादरुपमा आफ्ना कुराहरु राख्न पाउने स्थितिको सृजना भएको भन्दै संबिधाको रक्षाको निम्ती सबै एकजुट हुन आग्रह गरे । कार्यक्रममा नगर प्रमुख मादेन, उप–प्रमुख भिमादेवी ओझा विभिन्न गाउँपालिकाका प्रमुख,प्रमुख जिल्ला अधिकारी गोमा देवि चेम्जोङ, जिल्ला प्रहरी कार्यलयका ताप्लेजुङका प्रहरी नायब उपरिक्षक (डिएसपी) राजन लिम्बु,सशस्त्र प्रहरी बल १ नं. गुल्म कञ्चनजंघा हेडक्वाटरका शसस्त्र प्रहरी नायब उपरिक्षक विनोद थापा साथै जिल्लाका विभिन्न सरकारी कार्यलयका प्रमुख सहित कर्मचारीको उपस्थिति रहेको थियो ।

फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ सालको वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ ।

दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्