एकिकृत अखिल नेपाल शिक्षक संगठन ताप्लेजुङको अध्यक्षमा विष्ट


ताप्लेजुङ । एकिकृत अखिल नेपाल शिक्षक संगठन ताप्लेजुङको अध्यक्षमा तुलसी विष्ट चयन भएका छन् ।शनिबार सदरमुकाम फुङलिङमा भएको आठौँ जिल्ला अधिवेशनबाट विष्ट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै गरि उपाध्यक्षमा राधा मावोहाङ,सचिवमा तेज बहादुर भट्टराई,कोषाध्यक्षमा कल्पना गुरुङ सहित २१ सदस्यि जिल्ला समन्वय समिति सर्वसम्मत चयन भएको छ ।साथै विद्या खडुकाको संयोजकत्वमा ११ सदस्यि सल्लाहकार समिति सर्वसम्मत चयन भएको छ ।

शिक्षा क्षेत्रमा भएका समस्याको समाधान साथै शिक्षकको हकहितको लागि काम गर्दै आएको एकिकृत अखिल नेपाल शिक्षक संगठन नेकपा माओवादी केन्द्रसम्वद्ध शिक्षकहरुको भातृसंगठन हो ।


प्रतिक्रिया दिनुहोस्