पाथिभरा बहुमुखि क्याम्पसमा नेपाल विाधार्थी संघको एकाई समिती गठन

ताप्लेजुङ । ताप्लेजुङ स्थित पाथिभरा बहुमुखि क्याम्पसमा नेपाल विाधार्थी संघको एकाई समिती गठन भएको छ । प्रवेश गौतमको सभापतित्वमा ४५ सदस्यि एकाई समिती गठन भएको हो । समितीको उपसभापतिमा मिङमादिकी शेर्पा,बिक्रम लाम्गादे,विजयदिप राई,र विषमता केदेम सर्वसम्मत चयन भएका छन् । त्यस्तै गरि सचिवमा राजिव मावोहाङ र रमेश सिग्देल,सह–सचिवमा तिल कुमार जोगी,अशोक मगर,अग्नि थलङ,गोपाल लिम्बु चयन भएका छन् ।

कोषाध्यक्षमा बिद्या देवान सहित ४५ सदस्यि क्याम्पस एकाई समिति सर्वसम्मत रुपमा चयन भएको सचिव माबोहाङले जानकारी दिए । त्रिभुवन विश्व विद्यालयले आगामी चैत्र ५ गते स्वतन्त्र विधार्थी युनियन (स्ववियू) को निर्वाचन मिति तोके सँगै विभिन्न विधार्थी संगठनले आफ्ना गतिविधी तिव्र बनाएका छन् । सोही अन्तरगत नेपाली काँग्रेसको भातृ संगठन नेपाल विाधार्थी संघको एकाई समिती गठन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्