पाथिभरा मन्दिर सहित उच्च हिमाली क्षेत्रमा हिमपात

ताप्लेजुङ । ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा सामान्य हिमपात भएको छ । बुधबार दिउँसो भएको सामान्य वर्षासङ्गै हिमपात भएको हो । ओलाङ्चुङगोला ,याङमा घुन्सा , लेलेप ,गयाब्ला, फले लगायतका बस्तीमा सामान्य हिमपात भएको लेलेपका स्थानिय पासाङ भोटेले जानकारी दिए ।

यता प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा भने बाक्लो हिमपात भई रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मन मणि काफ्लेले जानकारी दिए ।

हिमपात भए संगै जिल्ला भर चिसो बढेको छ । २ हजार ५०० सय मिटर भन्दा माथि रहेका उतारी क्षेत्रका बासिन्दा सबै भन्दा बढी प्रभावित भएका छन् । सामान्य तया जिल्ला भर नै तुलनात्मक रूपमा चिसो बढेको छ ।

हिउँद सकिन लाग्दा समेत पानि नपरेपछि उत्पादनमा कमि आउने आँकल भई रहेको समय वर्षा र हिमपात हुँदा स्थानिय भने खुसी भएका छन्।

हिउँ परे सँगै हिउँमा रमाउन चाहने स्थानिय मानिस सुकेटार हुँदै पाथीभरा मन्दिरको भ्रमणमा निस्कने क्रम जारी रहेको सुकेटारका नवीन गुरुङले बताए ।

गएको वर्ष को तुलनामा यो वर्ष ताप्लेजुङमा ढिला गरी हिमपात भएको हो। गएको वर्ष कात्तिक मंसिर देखि नै हिउँ परेको थियो ।

हिमपात र वर्षाका कारण पूर्वकै प्रसिद्ध पाथीभरा दर्शनका लागि आएका करिब ३ सय जना तीर्थयात्री हिमपात भए पछि माथिको फेदिमै बसेको बताइएको छ।

त्यस्तै गरि पाथीभरा मन्दिर वरिपरि बाक्लो हिमपात हुँदा दर्शनका लागि पुगेका तीर्थयात्री भने समस्या परेको पाथीभरा मन्दिरका पुजारी युगनाथ भट्टराईले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्