फक्ताङलुङ गापामा ९ दिने निशुल्क आँखा शिविर जारी,१५१ को परिक्षण गर्दा ६ जनामा मोतियाविन्दु


ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिकामा फाल्गुण ८ गतेबाट सुरु भएको निशुल्क आँखा शिविर जारि रहेको छ ।
फागुन ८ गते शिविरको पहिलो दिन घुन्सा स्वास्थ्य चौकिमा ८१ जनाको आँखा जाँच भएकोमा २ जनाको मोतिया विन्दुको समस्या भएको शिविरमा खटिएका चिकित्सक बताएका छन् ।
त्यस्तै शिविरको दोस्रो दिन ओलाङचुङगोला स्वास्थ्य चौकिमा ७० जनाको आँखा जाँच भएकोमा ४ जनाको मोतिया विन्दु समस्या भएको पाईएको छ ।
घुन्सा ३४ सय र ओलाङचुङगोला ३२ सय उचाईमा रहेको बस्ति हो भने घुन्सामा ३५ र गोलामा ६४ घरमा मानिसको बसोबास रहेको छ ।
जिल्लाको उच्च हिमाली बस्ति भएपनि पालिकाले पालिकाबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीलाई पठाएको गाउँपालिका अध्यक्ष राजन लिम्बु (मुक्ति) ले बताए ।
स्वास्थ्यकर्मीको टोली २ दिनको पैदल यात्रामा घुन्सा र ओलाङचुङगोलामा पुगेर शिविर सञ्चालन गरेका थिए । त्यस्तै फागुन १३ गते हान्द्रुङ टार,हान्द्रुङ, १४ र १५ गते छिरुवा ग्राउण्ड,छिरुवा, १६ र १७ गते सिंवा स्वास्थ्य चौकी सिंवा बजार, १९ र २० गते तापेथोकमा शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
पालिकाका ६ स्थानमा सञ्चालन भएको शिविरमा आँखा जाँच गरि सामान्य प्रकृतिका विरामीको उपचार गरिने छ भने मोतियाविन्दु र जटिल प्रकृतिका समस्या भएका विरामीहरुको भने पालिकाको केन्द्र तापेथोकमा २० र २१ गते हुने शिबिरमा शल्यक्रिया गरिने छ ।
पालिका अध्यक्ष लिम्बुका अनुसार पालिकाको केन्द्र तापेथोकको सरस्वति माध्यमिक विद्यालयमा हुने शिबिरमा आँखा उपचारमा विशेष योगदान गरे बापत ईसा अर्वाड प्राप्त गरेसकेका तिलगंगा आँखा अस्पताल काठमाडौंका वरिष्ठ नेत्र रोेग विषेशज्ञ डा. सन्दुक रुईत सहितको टोलीले उपचार गर्ने छन् ।
शिविरका बिषयमा थप जानकारि लिनुपरेमा गाउँपालिकाको कार्ययल,सम्वन्धित बडाका अध्यक्षसँग सम्पर्क गर्न पालिकाले सर्वसाधरणहरुलाइ आग्रह समेत गरेको छ ।
साथै फत्ताङलुङ गाउँपालिकामा शिविर सञ्चालन हुने भएपनि ताप्लेजुङ जिल्लाको अन्य पालिकाका विरामीले समेत अवसरको सदुपयोग गर्न पालिका ले आग्रह गरेको छ ।
शिविरमा आउने विरामीले कुनैपनि शुल्न तिर्नु नपर्ने साथै विरामीलाई पालिकाले खानाको व्यवस्था गरेको छ भने यातायातको लागि भने विरामी स्वयम नै जिम्मेवार हुने अध्यक्ष लिम्बुले बताए ।
गाउँपालिकाको आयोजना र तिलगंगा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा ९ दिने निशुल्क आँखा शिविर हुन लागेको हो ।


प्रतिक्रिया दिनुहोस्