प्रदेश नं. १ को नाम जति सक्दो छिटो टुङ्गयाउने छौँः मन्त्री मेन्याङ्बो


गंगा लिङ्खिम


ताप्लेजुङ । प्रदेश नं. एकका उर्जा,सिँचाई तथा खानेपानी मन्त्री तिलकुमार मेन्याङ्बोले प्रदेशको नाम छिट्टै टुङ्गो लगाउने बताएका छन् । मन्त्री मेन्याङ्बोले प्रेस चौतारी नेपाल जिल्ला शाखा ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटाघाट कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

मन्त्री मेन्याङ्बोले भने,“ जति सक्दो छिटो आम सहमति गरेर,संसदमा रहेका र बाहिर रहेका राजनीतिक दलहरुसँग परामर्श गरेर सकेसम्म सबैको भावनालाई समेटेर प्रदेशको नामलाई यथासिघ्र टुङ्गयाउने कोशिस गरि रहेका छौँ ।”
त्यस्तै मन्त्री मेन्याङ्बोले खानेपानिको विषय ज्यादै संवेदनशिल विषय भएको भन्दै खानेपानी पु¥याउने मात्र नभई गुणस्तरीय खानेपानी पु¥याउने गरि मन्त्रालयले योजना बनाएको बताए ।

साथै उनले वास प्लान्ट कार्यक्रमको योजना बनाएर काम गर्न खोजि रहेको जानकारी दिए । उनका अनुसार यस प्लान्ट अन्तरगत प्रदेशका १४ वटै जिल्लाका दुई वटा पालिकामा परिक्षणका रुपमा काम गरिने छ । क्रमश प्रदेशभरीका सबै पालिकाहरुलाई योजनामा समेट्ने लक्ष्य रहेको समेत स्पष्ट पारे ।

पहिलो चरणमा ताप्लेजुङको फुङलिङ नगरपालिका र आठराई त्रिबेणी गाउँपालिकामा वास प्लान्ट योजना सुरु हुने छ । ताप्लेजुङ बाहेक प्रदेश १ का अरु १३ जिल्लाका दुई–दुई वटा पालिकामा यस्तो योजना अघि बढ्ने उनले जानकारी दिए ।


जस अन्तरगत पालिका भित्र खानेपानीको समस्या कहाँ कहाँ छ,कहाँ कहाँ धारा पुगेको छ, पानिको मुहान कहाँ रहेको छ भन्ने कुराको पहिचान गर्न प्राविधिक सहितको टोली स्थानिय स्तरमा खटाईने छ र समस्याको पहिचान गरि वेब साईटमा राखिने छ । त्यसपछि समस्या समाधान गरिने छ ।


मन्त्री मेन्याङ्बोले आफुले मन्त्रिभए लगतै घोषणा गरेको विद्युतिय सवारी चार्जीङ स्टेशनको निर्माण अपरीहार्य रहेको र यसको सुरुवात १ नं प्रदेश बाट गरेको बताए ।


साथै केन्द्र सरकार प्रदेश सरकार र स्थानिय सरकारहरुले पनि सवारी साधनहरु खरिद गर्दा विद्युतिय सवारी खरीद गरे देशमा रहेको विद्मुत देशमै खपतहुने र अरबौ रुपिया देशमै बचत हुने बताए ।


मन्त्री मेन्याङबो प्रदेश सरकारले जनताका समस्यालाई समाधान गर्न लागि परेको भएपनि अघिल्लो सरकारले गर्नु पर्ने काम बाँकी रहेकोले पनि जनताको चाहना अनुुसार काम गर्न नसकेको बताएका छन् ।


एमाले पोलिट व्युरो सदस्य समेत रहेका मेन्याङबोले नेकपा एमालेले देशव्यापी रुपमा मिसन ग्रास रुट अभियान चलाई रहेको भन्दै त्यसलाई जिल्लाव्यापी रुपमा सञ्चालनको तयारी स्वरुप आज एमालेको जिल्ला कमिटीको बैठक बसेको समेत बताए ।

अभियानले नेकपा एमालेको अहिलेको अवस्था भन्दा थप सुदृढ हुनेमा विश्वास समेत व्यक्त गर्दै उनले सबै नेता तथा कार्यकर्तालाई सक्रिय रुपमा अभियानमा लाग्न आग्रह समेत गरे । साथै उनले एमालेको अभियानले जनताको समस्या पत्ता लाग्ने र ति समस्या समाधानको लागि पार्टीले पहल गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्