तेह्रथुमको आगालागीमा १ करोड ४६ लाखको क्षति

देबेन्द्र बानियाँ

तस्विर : सामाजिक सञ्जाल

ताप्लेजुङ । तेह्रथुमको आठराई गाउँपालिका वडा नं ६ चुहानडाँडा शुक्रबार भएको आगलागिबाट एक करोड ४६ लाख रुपैयाँ बराबरको क्षति भएकोे छ।
जंगलमा लागेको आगो बस्तीमा प्रबेश गर्दा १४ घर जलेर नष्ट भएको थियो । घर जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी प्रमुख (डीएसपि) राजन चापागाईका अनुसार घरमा भएका अन्न वाली,पैसा,सुन,चाँदी, पशुचौपाया आगलागिले नष्ट हुँदा एक करोड ४६ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।

१४ घर जलेर नष्ट भएपनि ९ घरमा मात्रै मानिस बसोबास गर्दै आएकोले विस्थापित ४१ जनालाई स्थानिय र आफन्तहरुको घरमा राखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय तेह्रथुमले विस्थापित भएका परिवारलाई त्रीपालसहित खाद्यान्य लगायतको सामग्री वितरण गरिएको आठराई गाउँपालिकाले जनाएको छ। भिषण आगालागीबाट तामाङ समुदायको बसोबास रहेको चुहानडाँडाको हात्तीखर्कको तल्लो बस्ति पुरै सखाप भएको थियो ।

शुक्रबार दिउँसोबाट सुरु भएको आगलागी भएको करिब १२ घण्टामा शनिबार बिहान ३ बजे आगोलागी नियन्त्रणमा आएको बताइएको छ।

बस्तीमा पानीको अत्यन्तै समस्या र फुसको छाना भएकाले बढी क्षति भएको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताए । हातीखर्कको विभिन्न क्षेत्र सुख्खाग्रस्त भएकाले यस क्षेत्रमा हरेक वर्ष आगलागीको घटना हुने गर्दछ ।


प्रतिक्रिया दिनुहोस्