सानिमा हाईड्रोको स्वास्थ्य शिविरमा ६४२ जनाले सेवा लिए, ६३ जनामा मिर्गौलाको समस्या


ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधिन ७३ मेघावाटको सानिमा मिडिल हाईड्रो पावरले राखेको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा ६४२ जनाले सेवा लिएका छन् ।

मिक्वाखोला गाउँपालिका २ चितुब्याङमा शुक्रबार र शनिबार फत्ताङलुङ गाउँपालिकाको सिवा स्वास्थ्य चौकि सिवाँ बजारमा राखेको शिविरमा उक्त सँख्याले सेवा लिएका हुन ।


शिविरमा शुक्रबार १८ जनामा र शनिबार गरिएको परिक्षणमा ४५ जनामा मिर्गौलाको समस्या भएको पाईएको शिविरमा खटिएकी शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्न्द्रकी डाक्टर कल्पना कुमारी श्रेष्ठले बताईन ।


त्यस्तै शुक्रबारको शिविरमा ५ जना र शनिबारको शिविरमा १२ जनामा मधुमेह (सुगर) भएको पाईएको छ । बिरामीहरुलाई उचित परामर्श दिएको डा.श्रेष्ठको भनाई छ । शिविरमा पिसाब, अल्ट्रासाृण्ड, मुटुको भिडियो एक्सेरे, ईसिजि,सुगर र ब्लड प्रेसर जाँच गरिएको थियो ।

आफ्नो सामाजिक दायित्व अन्तरगत आयोजनाले शिविर सञ्चालन गरेको आयोजना प्रमुख डा.मनिराज पोख्रेलले जानकारी दिए । शिविरमा अल्ट्रासाृण्ड २४४ जनाको मुटुको भिडियो एक्सेरे ५७ जनाको, ईसिजि १५० जनाको गरिएको र अन्यको ब्लड प्रेसर जाँच सहित उचित स्वास्थ्य परामर्श दिईएको आयोजनाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्