भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आर्मी र मछिन्द्र भिड्दै

ताप्लेजुङ । भद्रपुर झापा गोल्डकप फुटबलको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबबीच खेल हुँदैछ। खेल मध्यान्ह १२ बजे सुरु हुनेछ। एक साताअघि सर्लाहीमा राजर्षि जनक कप जितेको मछिन्द्र भद्रपुर झापा गोल्डकपमा विजयी हुनेमा विश्वस्त रहेको प्रशिक्षक प्रवेश कटुवालको दाबी छ। त्यस्तै विभागीय टोली आर्मीका प्रशिक्षक राजु तामाङले मछिन्द्र सशक्त प्रतिद्वन्द्वी भएको बताए । उनले आफूहरू पनि लिगको दोस्रो टिम भएकाले भद्रपुर झापा गोल्डकपको फाइनलमा नतिजा निकाल्ने गरी रणनीति बनाएर मैदान उत्रिने बताए ।

सेमिफाइनलमा आर्मीले संकटा क्लबलाई र मछिन्द्रले एपीएफ क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्। विजेताले १३ लाख र उपविजेताले ७ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्ने गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, फाइनलका पहिलो गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँले पुरस्कृत गर्ने आयोजकका महासचिव जीवनकुमार श्रेष्ठले जनाए।


प्रतिक्रिया दिनुहोस्